सरकारले ६ महिनामा तिर्यो १ खर्ब सार्वजनिक ऋण
आइतबार, २९ माघ २०७९, १८ : १९

काठमाडौँ । सरकारले चालू आर्थिक वर्ष २०७९/८० को ६ महिनाको अवधिमा १ खर्ब १ अर्ब ८८ करोड सार्वजनिक ऋण भुक्तानी गरेको छ । साउन महिनादेखि पुससम्मको अवधिमा सावाँ र ब्याज समेत गरी १ खर्ब रुपैयाँभन्दा धेरै सार्वजनिक ऋण भुक्तानी गरेको हो ।
यस अवधिमा आन्तरिक र बाह्य ऋणतर्फ सावाँ भुक्तानी ६४ अर्ब ५ करोड र ब्याज भुक्तानी ३७ अर्ब ८४ करोड रुपैयाँ रहेको छ । सरकारले बजेट बनाउन र सरकारी खर्च धान्नका लागि आन्तरिक (वाणिज्य बैङ्कहरूसँग) र बाह्य (विदेशी दातृ निकायसँग) ऋण उठाउने गर्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुखानी हत्याकाण्ड : सत्य र तथ्य
-
‘सञ्जयलाई रिहा गर्न मैले सहयोग गरेँ, जेलबाट बाहिर आएपछि टाढा रहन थाले’
-
आज अन्तरराष्ट्रिय निःशस्त्रीकरण दिवस, विभिन्न कार्यक्रमका साथ मनाइँदै
-
विराटले उछिने सचिनलाई
-
प्रधानमन्त्रीको अभिव्यक्तिप्रति शिक्षक महासङ्घले जनायो आपत्ति
-
लन्डनकी अन्जुले पूरा गरिन् विश्वकै ठुला ६ वटा म्याराथन