स्वास्थ्य मन्त्रालयद्वारा चार निर्देशिका निर्माण
काठमाडौं । स्वास्थ्य तथा जसङ्ख्या मन्त्रालयले विभिन्न चार वटा निर्देशिका निर्माण गरेको छ । आइतबार आर्थिक वर्ष २०७९/८० को बजेटको अर्धवार्षिक समीक्षा गर्दै सरकारले एएनसीदेखि पीएनसी कन्टिन्यु अप केयर गाइडलाइन २०७९, सुरक्षित गर्भपतन सेवा कोचिङ र मेन्टरिङ गाइडलाइन २०७९, एसबीए मेन्टरिङ गाइडाइन २०७९ र अपाङ्गतामैत्री प्रजनन् स्वास्थ्य तथा सुरक्षित मातृत्व सेवासम्बन्धी निर्देशिका २०७९ ल्याएको जनाएको हो ।
यस्तै, पाँचदेखि एघार वर्ष उमेर समूहका बालबालिकालाई कोभिड–१९ विरुद्धको खोप प्रदान गरिएको प्रतिवेदनमा उल्लेख गरिएको छ । जसमा पहिलो मात्रा ३४ लाख ८० हजार ३४२ जना र दोस्रो ३१ लाख १७ हजार १४ जनालाई प्रदान गरिएको थियो ।
यस्तै, पाठेघरको मुखको क्यान्सरको हालसम्म २० हजार २०२ जनाको निःशुल्क स्क्रिनिङ गरिएको प्रतिवेदनमा उल्लेख गरिएको छ । १२० स्थानीय तहमा नागरिक आयोग्य समिति गठन समेत गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमाले महासचिव पोखरेल र भियतनाम कम्युनिस्ट पार्टीको प्रतिनिधिमण्डलबिच भेटवार्ता
-
धनगढीमा सुदूरपश्चिम महोत्सव आयोजना हुँदै
-
प्रधानमन्त्री ओली अभिव्यक्तिप्रति चिनियाँ राजदूतको असन्तुष्टि
-
सुदूरपश्चिम रोयल्स र सूर्य प्लाईबिच सम्झौता
-
राष्ट्रपतिलाई उपराष्ट्रपतिले धम्की दिएपछि...
-
सूर्य नेपाल सेन्ट्रल ओपनको दोस्रो दिन तोरण विक्रम शाही शीर्ष स्थानमा कायमै