राजेन्द्र पाण्डेको प्रश्न : अर्थतन्त्र सुधार्ने र नीति तथा कार्यक्रम पुरा गर्नेमा तादाम्यता कसरी होला ?
काठमाडौँ । नेकपा एकीकृत समाजवादीका सांसद राजेन्द्र पाण्डेले बजेट कटौती र सरकारको न्युतनम साझा कार्यक्रम बीचको तादाम्यता कसरी मिलाउनुहुन्छ भनेर अर्थमन्त्री विष्णु पौडेललाई प्रश्न गरेका छन् । आइतबार संसदमा अर्थमन्त्री पौडेलले बजेटको अर्धवार्षिक प्रतिवेदनबारे प्रश्न गर्दै यस्तो प्रश्न गरेका हुन् ।
‘तपाई अनुभवी अर्थमन्त्री हुनुहुन्छ । तपाई पटकपटक अर्थमन्त्री भैसक्नुभयो । तपाई अर्थमन्त्री हुँदा नै थाहा थियो कि नेपालको अर्थतन्त्र कमजोर हुँदैछ । ओरालो लाग्दैछ, यसलाई मैले सम्हाल्नुपर्छ’, पाण्डेले भने, ‘अव आज तपाईले सुधारका योजना भन्नुभयो तर मैले सुधारका योजना खासै देखिनँ ।’
उनले आर्थिक अवस्था अप्ठेरो अवस्थामा रहेको भन्दै पुँजीगत खर्च नबढेको र साधारण खर्च बढेको बताए । ‘तपाई आफै बसेर फेरि न्युनतम साझा कार्यक्रम पनि घोषणा गर्नुभएको छ । त्यसले अर्बौ रुपैयाँ माग पनि गर्दोहोला । यसले अर्थतन्त्रमा सुधार ल्याउने कुरा र नीति तथा कार्यक्रम पुरा गर्ने कुरामा कसरी तादाम्यता होला ?’, पाण्डेको प्रश्न छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कटारीमा वन्यजन्तुको उद्धार तथा पुनःस्थापना केन्द्र स्थापना
-
अमेरिकी डलर, रियाल, दिराम, युआन, दिनार र रिङ्गेटको मूल्य बढ्यो, कसको भाउ कति ?
-
लिभरपुलले जोगायो शीर्ष क्लबहरुको इज्जत, अग्रता थप बलियो
-
भृकुटीमण्डपमा माघ १७ देखि आठौँ चेम्बर एक्स्पो हुँदै
-
प्रिमियर लिग : म्यान्चेस्टर सिटी हारबाट जोगिंदा, म्यानयु, चेल्सीको विजोग
-
रामग्राममा बुद्धकालीन सहरको संरचना भेटिएको दाबी