अनेरास्ववियुको केन्द्रीय कमिटीमा नयाँलाई अवसर दिइने

काठमाडौं । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) को २३ औं राष्ट्रिय महाधिवेशन हुँदैछ । फागुन २–४ सम्म काठमाडौंस्थित प्रज्ञा प्रतिष्ठानमा महाधिवेशन हुन लागेको हो । गत असोज १–२ सम्म विधान महाधिवेशन गरेको अनेरास्ववियुले राष्ट्रिय महाधिवेशनबाट १९९ सदस्यीय केन्द्रीय कमिटी चयन गर्नेछ । त्यस्तै १७ सदस्यीय पदाधिकारी र ३ वटा आयोगहरू (अनुशासन, लेखा र निर्वाचन) को नेतृत्व चयन गर्नेछ ।
अनेरास्ववियुले सकेसम्म सहमतिको आधारमा नयाँ नेतृत्व चयन गर्ने प्रयत्न गर्नेछ । सहमतिको आधारमा नेतृत्व चयन हुन नसकेको खण्डमा निर्वाचन मार्फत नेतृत्व चयन गरिनेछ । त्यसका लागि विद्युतीय भोटिङ मेसिनको प्रयोग गरिनेछ ।
करिब ७ वर्षपछि हुन लागेको यो महाधिवेशनबाट अनेरास्ववियुले नयाँ नेतृत्व चयन गर्नेछ । नयाँ केन्द्रीय कमिटीमा यो पटक नयाँलाई प्राथमिकता दिनेछ । अनेरास्ववियु अध्यक्ष सुनिता बरालले केन्द्रीय कमिटीमा अधिकतम नयाँ साथीहरूलाई निर्वाचित गराइने बताइन् । महाधिवेशनको पूर्व सन्ध्यामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले भनिन्, ‘केन्द्रीय कमिटीमा अधिकतम नयाँ साथीहरूलाई निर्वाचित गर्छौ । मापदण्ड पुरा गरेर आएका साथीहरूले त्यो अवसर पाउनेछन् ।’
केन्द्रीय कमिटीमा सबै जिल्लाबाट सहभागीता गराउने प्रयास गरिने उनको भनाई छ । केन्द्रीय कमिटीलाई समावेशी र उर्जावान बनाउने गरी अघि बढिने उनले बताइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चैत २६ गते राप्रपालाई भृकुटीमण्डपमा कार्यक्रम गर्न नदिने प्रशासनको निर्णय
-
नाडा र नाइमाको संयुक्त भनाइः सहअस्तित्वसहित अटोमोबाइल उद्योगलाई सशक्त बनाउँछौ
-
वैदेशिक रोजगार व्यवसायी सङ्घको सचिवमा कुन्छाको उम्मेदवारी घोषणा
-
जनमत र उन्मुक्ति एकताः रञ्जिताको पदीय हैसियतमा समस्या
-
जुम्लामा परिवार नियोजन गर्नेको सङ्ख्या बढ्दै
-
४ जिल्लामा माओवादीले तोक्यो नयाँ इन्चार्ज