काठमाडौँ । नेपाल चिकित्सक सङ्घको आन्दोलनका कारण अस्पतालमा बन्द भएपछि बिरामीहरू मर्कामा परेका छन् ।
ट्रमा सेन्टरका एक चिकित्सकमाथि सुरक्षाकर्मीले हातपात गरेको विरोधमा आज आकस्मिकबाहेक अस्पतालको सेवा सबै ठप्प पारिएको छ । जसका कारण उपचारका लागि अस्पताल आएका बिरामी अलपत्र परेका छन् ।
वीर अस्पताल अगाडि जम्मा भएका बिरामीले सडकमा नाराबाजी गरिरहेका छन् । तत्काल अस्पताल खोलेर चेकजाँच गर्न माग गर्दै उनीहरुले प्रदर्शन गरेका हुन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा भने बिहानै देखी सरकार र चिकित्सक सङ्घका पदाधिकारीबीच वार्ता भइरहेको भए पनि सहमति जुट्न सकेको छैन ।
प्रतिक्रिया