टर्की–सिरिया भूकम्प : मृत्यु हुनेको सङ्ख्या २८ हजार नाघ्यो

टर्की र सिरियामा यस हप्ताको भूकम्पबाट मृत्यु हुनेको सङ्ख्या २८ हजार नाघेको छ । तर, ६ दिन बितिसकेपछि भने अहिले भग्नावशेषबाट मानिसलाई जीवित उद्धार गर्ने आशा मरेको छ ।
यसैबीच, शनिवार जर्मन उद्धार टोली र अस्ट्रियाली सेनाले अज्ञात समूहहरू बीचको झडपलाई उद्धृत गर्दै टर्कीमा आफ्नो खोजी कार्य रोकेका छन् ।
सञ्चारमाध्यमका अनुसार लुटपाटको आरोपमा करिब ५० जनालाई पक्राउ गरिएको छ । उनीहरूबाट थुपै बन्दुकसमेत जफत गरिएको छ ।
टर्कीका राष्ट्रपतिले कानुन उल्लङ्घन गर्नेलाई सजाय दिन आफ्नो आपत्कालीन शक्ति प्रयोग गर्ने बताएका छन् । यसैबीच, एक उद्धारकर्मीले खाद्यान्न आपूर्तिमा कमी आएका कारण सुरक्षा अवस्था बिग्रने अनुमान गरेका छन् ।
संयुक्त राष्ट्र सङ्घका सहायता प्रमुख मार्टिन ग्रिफिथ्सले यस प्रकोपको सामना गर्न तत्काल चिकित्सा सहायता उपलब्ध गराउन आवश्यक रहेको बताएका छन् ।
उनका अनुसार फिल्ड अस्पतालसँगै बाँचेकालाई खाना र बासको व्यवस्था पनि गर्नुपर्ने हुन्छ ।
टर्कीले आर्मेनियाबाट सहयोग पायो
यहाँ, पछिल्लो ३० वर्षमा पहिलो पटक टर्की र आर्मेनिया बीचको अलिकन पोस्ट टर्कीलाई मानवीय राहत प्रदान गर्न खोलिएको छ ।
खाना, पानी र औषधि बोकेका ट्रकहरूले पहिलो पटक यो पोस्ट पार गरे । यी दुई छिमेकीबीच दशकौँदेखि सीमा नाका बन्द छन् र सम्बन्ध पनि चिसो छ ।
आर्मेनिया लागि टर्कीका विशेष दूत सरदार किलिकले अधिकारीहरूलाई धन्यवाद दिँदै आर्मेनियाली जनताले पठाएको यो सहयोगलाई आफूले सधैं सम्झने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
किसानको बक्यौता भुक्तानी गर्न दुग्ध उत्पादक सहकारीको आग्रह
-
घर सजाउने सौखले रोपेको फूल बन्यो आम्दानीको स्रोत
-
१२ बजे, १२ समाचार : ताप्लेजुङमा हट्यो निषेधाज्ञादेखि प्रकृति लम्साल मृत्यु प्रकरणको थप जानकारीसम्म
-
हट्यो ताप्लेजुङमा जारी निषेधाज्ञा
-
मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा सार्वजनिक, के–के छन् नयाँ व्यवस्था (पूर्णपाठसहित)
-
पशुपतिमा चुस्त सुरक्षा व्यवस्थापन : महँगा गहना लगाएर नआउन अनुरोध