जुम्लामा लागु औषधका १० मुद्दा दर्ता, ३१ जना पक्राउ
आइतबार, २९ माघ २०७९, ०७ : १२

जुम्ला । जुम्लामा लागु औषध प्रयोग र कारोबार बढ्दै गएको छ । धेरै जसो लागु पदार्थ भारतको रुपडिहाँ नाकाबाट बाँके, नेपालगन्ज, सुर्खेत हुँदै कर्णाली प्रदेशका हिमाली जिल्ला जुम्ला, कालिकोट र मुगु जिल्लामा पुग्ने गरेको पाइन्छ । यो तिन वटै जिल्ला सडक सञ्जालमा जोडिएका छन् ।
भारतको रुपडिहाँमा एक हजार रुपियाँमा खरिद गरेको ब्राउन सुगर जुम्ला, कालिकोट र मुगुमा बिक्री गर्दा २०-३० हजार रुपियाँसम्म विक्री गर्ने गर्दछन् । यसअघि हवाई जहाजमार्फत नेपालगन्जबाट जुम्ला ब्राउन सुगर पुग्ने गरेको पाइएको थियो ।
१५ महिनामा लागु औषधका १० वटा मुद्दा दर्ता हुँदा ३१ जना प्रतिवादी पक्राउ गरी कारबाही प्रक्रिया अघि बढाएको प्रहरी नायव उपरीक्षक नरेन्द्र चन्दले बताए । यस अवधिमा ब्राउन सुगर ७९३ दशमलव ९ मिलिग्राम र चरेस ५८० दशमलव ६२ मिलिग्राम बरामद गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्वास्थ्य स्वयंसेविकालाई साइकल उपहार
-
प्रतिनिधि सभा सदस्यको एक स्थान रिक्त भएको आधिकारिक जानकारी
-
धोनीले कप्तानी सम्हालेकै खेलमा चेन्नई ध्वस्त, कोलकातासँग ८ विकेटको हार
-
१२ बजे, १२ समाचार : दुर्गा प्रसाईं र बडिगार्ड दीपक खड्कालाई थुनामा राख्न १२ दिनको अनुमतिदेखि बिनासर्त तत्काल रिहा गर्न मागसम्म
-
बुटवलमा एमालेको जागरणसभा : के दियो सन्देश ?
-
तीनकुने घटनामा भएको प्रेस स्वतन्त्रता हनन्का सम्बन्धमा निष्पक्ष र स्वतन्त्र छानबिन गर्न माग