ग्वार्कोमा ‘फ्लाइओभर’को काम सुरु

काठमाडौं । ललितपुरको चक्रपथस्थित ग्वार्को चोकमा मुलुककै पहिलो ‘फ्लाइओभर’ निर्माण सुरु भएको छ। सडक विभागका महानिर्देशक अर्जुनजङ्ग थापाले निर्माण गरिने स्थलको कालोपत्रे उप्काएर ‘ग्रेट सेप्रेटेड इन्टरसेक्सन’को शनिबार निर्माण सुरु गरिएको जानकारी दिए ।
उनका अनुसार ‘फ्लाइओभर’ निर्माणसँगै सो क्षेत्रमा हुन सक्ने ट्राफिक जाम व्यवस्थापनका लागि समेत सुरु गरिएको छ। ट्राफिक व्यवस्थापन तथा सजिलोका रूपमा सवारीसाधन आवागमनका लागि शुक्रबार राति सो क्षेत्रअन्तर्गतको चक्रपथमा राखिएका डिभाइडर हटाइएको छ।
फ्लाइओभर निर्माण सम्पन्न नहुन्जेलसम्म बिहान ६ गतेदेखि कोटेश्वरबाट सातदोबाटोतर्फ जाने यात्रुवाहक, मालवाहक तथा दुईपाङ्ग्रे सवारीसाधनलाई बालकुमारी पुलबाट सर्भिस लेनमा र साना चारपाङ्ग्रे सवारीसाधनलाई द्रुत मार्गबाट सञ्चालन गरिने भएको छ।
त्यसैगरी कोटेश्वरबाट सातदोबाटोतर्फ जाने र आउने सम्पूर्ण सवारीसाधनलाई ग्वार्को चोकभन्दा छ सय मिटर अगाडि र पछाडि सर्भिस लेन हुँदै चलाइने र बल्खुबाट सातदोबाटो हुँदै कोटेश्वरतर्फ आउने यात्रुवाहक, मालवाहक तथा दुईपाङ्ग्रे सवारीसाधनलाई बल्खुबाट सर्भिस लेनमा र साना चारपाङ्ग्रे सवारीसाधनलाई द्रुत मार्गबाट सञ्चालन गरिनेछ।यो समाचार गोरखापत्र दैनिकमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पोर्चुगलमा वर्ल्ड नेवाः अर्गनाइजेशन डब्लुएनओ स्थापना
-
१२ बजे, १२ समाचार : नेविसंघको किचलोले स्ववियु चुनाव प्रभावितदेखि रातको समयमा फेरि लोडसेडिङ हुने खतरासम्म
-
स्ववियु सभापतिका लागि डोटी बहुमुखी क्याम्पसमा राणाको दावेदारी
-
नेपालमै पहिलोपटक पुराणवाचकको लाइसेन्सका लागि एक वर्षे प्रशिक्षण सुरु
-
त्रिवि केन्द्रीय क्याम्पस निर्वाचन समितिको होटलमा बसेको बैठकले कुनै निर्णय गर्न सकेन
-
हिमवतखण्ड कला–साहित्य सम्मेलनका सहभागीलाई प्रधानमन्त्रीको स्वागत