लेस्टरले टोटेनहमलाई हरायो
शनिबार, २८ माघ २०७९, २३ : १६

एजेन्सी । प्रिमियर लिग फुटबलमा लेस्टर सिटीले टोटेनहममाथि सहज जित निकालेको छ । शनिबार राति भएको खेलमा लेस्टरले टोटेनहमलाई ४–१ गोल अन्तरले हराएको हो । रोड्रिगो बेन्टानकुरले खेलको १४ औं मिनेटमा गोल गर्दै टोटेनहमलाई अग्रता दिलाएका थिए ।
लेस्टरका लागि खेलको २३ औं मिनेटमा नाम्प्लेस मेन्डीले बराबरी गोल गरे । खेलको २५ औं मिनेटमा जेम्स म्याडिसनले गोल गर्दै लेस्टरलाई २–१ को अग्रता दिलाए । केलिची इहानाचोले पहिलो हाफको इन्जुरी समयमा गोल गर्दै लेस्टरलाई ३–१ को अग्रता दिलाए ।
खेलको ८१ औं मिनेटमा हार्भे बर्नेसले गोल गर्दै लेस्टरलाई ४–१ को जित दिलाए । जितसँगै लेस्टरले २२ खेलमा २४ अंक जोडेर लेस्टर १३ औं स्थानमा छ । यता टोटेनहम ३९ अंक जोडेर पाँचौं स्थानमा छ ।