सैनिक शिविरमा गोली चल्दा पाँच सैनिकको मृत्यु

फिलिपिन्स । फिलिपिन्सको दक्षिणी भागमा रहेको उत्तरी मिन्डानाओस्थित सैनिक शिविरमा शनिबार एक सैनिकले निदाएका अन्य सैनिकमाथि गोली प्रहार गर्दा चार सैनिकको मृत्यु भएको छ भने अर्का एक जना गम्भीर घाइते भएको फिलिपिन्सको सेनाले जनाएको छ । हत्याका आरोपित सैनिकको पनि गोली लागी निधन भएको छ ।
घटना दिउँसो १ः १० बजे भएको हो । कागायन डे ओरो शहरको क्याम्प इभान्जेलिस्टा भित्र उक्त घटना भएको हो। कमाण्ड ड्युटी अफिसर आर्मी मेजर एल्डन ब्रिनासका हनुसार चार पीडितको घटनास्थलमै मृत्यु भएको हो ।
शुरुमा गोली हानेपछि बन्दुकधारीले अर्को कोठामा प्रवेश गर्ने प्रयास गरेको तर अन्य सिपाहीहरूले आक्रमणकारीको बन्दुक कब्जा गरेर उसलाई नै गोली हानेको ब्रिनासले उल्लेख गरेका छन् । अधिकारीका अनुसार गम्भीर घाइते सैनिकको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । गोली प्रहारको घटनाको अनुसन्धान भइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जङ्गली हात्ती गोविन्देको आक्रमणबाट एक जनाको मृत्यु
-
सुदूरपश्चिम प्रदेशसभा बैठकलाई विशेष सम्बोधन गर्ने प्रधानमन्त्री ओली धनगढी आउँदै
-
नेपाली कांग्रेसको ‘मिसन रोजगारी’ अभियान आजबाट
-
कस्तो रहला तपाईँको यो साता ? हेर्नुहोस् साप्ताहिक राशिफल
-
राष्ट्रियसभा बैठक बस्दै, यस्तो छ कार्यसूची
-
म्याग्दीको बाङखोलामा पुल निर्माण भएपछि पदमार्गमा आउने पर्यटकलाई सहज