विप्लव नेतृत्वको नेकपाद्वारा संघर्षका कार्यक्रम घोषणा

रुपन्देही । नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (विप्लव समूह) रुपन्देहीले संघर्षका कार्यक्रम सार्वजनिक गरेको छ । शनिवार बुटवलमा पत्रकार सम्मेलन गर्दै नेकपा रुपन्देहीले राष्ट्रिय तथा स्थानीय मुद्दाहरूलाई लिएर संघर्ष गर्ने भएको हो ।
पछिल्लो समय बैंक तथा लघुवित्तले बढाएको ब्याजदर, चर्को घरबहाल भाडा एवं मिटरब्याजीहरुको कारण उद्योगी व्यवसायी तथा आम नागरिक मर्कामा परेको भन्दै समयमै सच्चाउन र राष्ट्रिय पुँजीको संरक्षण गर्दै उद्योग व्यापारलाई प्रोत्साहन गर्न ब्याजदर एक अंकमा झार्न दबाब दिने र समस्याको किटान गरी कारबाही समेत गरिने नेकपाका केन्द्रीय सदस्य शरद सीले जानकारी दिए ।
नेता शरदले स्थानीय स्तरमा भएका समस्या भूमिहीन तथा सुकुम्वासीका लालपुर्जा लगायतका समस्या, तिनाउ दानव नदी कोरिडोर पीडितका उचित क्षतिपूर्ति र वैकल्पिक व्यवस्थापन लगायतका समस्या, ज्योतिनगर पहिरो पीडितका समस्या, स्थानीय तहमा विकास निर्माणदेखि संघ संस्थामा देखिएका भ्रष्टाचार र विसङ्गतिका समस्याहरूमा आफ्नो पार्टीले ठोस् कार्यक्रम बनाएर संघर्ष गर्ने बताए ।
पार्टीका जिल्ला सेक्रेटरी वीरेन्द्र सीले फागुन १ गते बुटवलमा जनयुद्धका उपलब्धि र समस्या विषयक बृहत् अन्तरक्रिया गर्ने, सहिद सप्ताह विविध कार्यक्रम गरी मनाउने, जनसम्बन्ध बिस्तार अभियान २०७९ लगायतका कार्यक्रम गर्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मर्यादित भएर होली पर्व मनाउन प्रशासनको उर्दी
-
१० बजे १० समाचार : संसद्मा पूर्वराजाको चर्चादेखि आरजुको भारत भ्रमणसम्म
-
राजा खोज्नु भनेको बिजुलीको युगमा अगुल्टो बाल्छु भन्नुजस्तै हो- सञ्चारमन्त्री
-
१६ बुँदे घोषणापत्र जारी गर्दै राष्ट्रिय श्रम तथा रोजगार सम्मेलन सकियो
-
यी हुन् निर्विरोध निर्वाचित भएका अखिल क्रान्तिकारीका सभापति र क्याम्पस
-
निश्चित कृषि वस्तुमा आत्मनिर्भर हुने गरी बजेटमा व्यवस्था गर्नुपर्नेमा मन्त्री अधिकारीको जोड