मुद्रास्फीति नियन्त्रण गर्न भारतले गहुँको थोक मूल्य घटायो

एजेन्सी
नयाँ दिल्ली । मुद्रास्फीति नियन्त्रण गर्ने उद्देश्यले भारतको केन्द्र सरकारले शुक्रबार थोक व्यापारीलाई बेच्ने गहुँको मूल्य घटाउने निर्णय गरेको छ ।समाचार एजेन्सी पीटीआईका अनुसार सरकारले ढुवानी खर्च छुट दिँदै २ हजार ३५० रुपैयाँ आरक्षित मूल्यमा मात्रै गहुँ बिक्री गर्ने निर्णय गरेको छ । यो गहुँको बिक्री देशभर ई–लिलामी मार्फत हुनेछ।
सरकारले नाफेड, राष्ट्रिय सहकारी उपभोक्ता महासङ्घ र केन्द्रीय भण्डारलाई बेच्ने गहुँको मूल्य पनि २ रुपैयाँ घटाएको छ । अब यो गहुँ रु २३.५ को सट्टा २१.५ रुपैयामा बिक्री हुनेछ ।
यी संस्थाले यही गहुँबाट पीठो बनाएर खुल्ला बजारमा बिक्री गर्ने गरेका छन् । सरकारले यो पिठोको मूल्य २९.५ रुपैयाँको सट्टा २७.५ रुपैयाँ तोकेको छ । यसअघि सरकारले गहुँ र पिठोको मूल्यमा लगाम लगाउने उद्देश्यले ‘खुला बजार बिक्री योजना (ओएमएस)’ अन्तर्गत आफ्नो बफर स्टकबाट ३० लाख टन गहुँ खुल्ला बजारमा उपलब्ध गराउने घोषणा गरेको थियो ।
बीबीसी हिन्दी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वालिङ-हुवास सडक धमाधम कालोपत्र हुँदै
-
विपिन जोशीको सकुशल रिहाइका निम्ति सहजीकरण गर्न कतारसमक्ष पुनः आग्रह
-
हाम्रो भविष्य पछाडि फर्केर होइन अगाडि बढेर उज्यालो बन्छ : प्रचण्ड
-
१० बजे १० समाचार : तीनकुने घटनाबारे बोले ज्ञानेन्द्र, रविको मुद्दामा कैफियत प्रतिवेदन माग्यो सर्वोच्चले
-
नयाँ वर्षको शुभकामना दिँदै प्रचण्डले भने, ‘सरकारले दलाल र विचौलियाको पक्षमा निर्णय लिँदा जनआक्रोश बढ्यो’
-
चरिकोटमा ‘सडकमा खाऊँ, सडकमै रमाऊँ’महोत्सव