गगन थापा भन्छन्– ‘राष्ट्रपतिको सवारीका बेला चिकित्सकमाथिको आक्रमण अशोभनीय र दुःखद’

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले राष्ट्रपतिको सवारीका क्रममा चिकित्सकमाथि भएको आक्रमण अशोभनीय र दुःखद रहेको टिप्पणी गरेका छन् । शुक्रबार वीर अस्पताल अगाडि राष्ट्रपतिको सवारीका लागि बाटो खाली गराइरहेका प्रहरीको आक्रमणमा सोही अस्पतालका एक डाक्टर परेपछि महामन्त्री थापाले शनिवार आफ्नो भनाई सार्वजनिक गरेका हुन् ।
उनले दोषीलाई कारबाहीका लागि सरकारले तत्काल सुनुवाई गर्नुपर्ने बताउँदै भनेका छन्– ‘विशिष्ट व्यक्तिको सवारीमा सुरक्षा व्यवस्थापन गर्ने नाममा सडक खाली गराएर नागरिकलाई घण्टौँसम्म हिँडडुल गर्न नदिने अभ्यास परम्पराको नाममा चलिरहेको छ । यो शैलीप्रति हरेक पटक हामी आक्रोश पोख्छौ अनि बिर्सिन्छौँ । यो पटक पनि त्यस्तै हुन्छ । तर यस्तो दोहोरिन नदिने हो भने केही काम गर्नुपर्ने छ ।’
महामन्त्री थापाले राष्ट्रपतिको सवारीलाई व्यवस्थित बनाउनका लागि विभिन्न सुझावहरु दिएका छन् ः ‘विशिष्ट व्यक्तिको सुरक्षा कार्यविधि २०७७ लगायत यस्ता विधि र प्रोटोकल बदलौँ । राष्ट्रपतिलगायत अति विशिष्टको सवारीमा नागरिकलाई कुनै असुविधा र्पुयाउन नपाउने र यो कार्यविधि कुनै सुरक्षा निकायले उल्लङ्घन गर्न नपाउने व्यवस्था गरौँ र कार्यान्वयन गरौँ ।’
उनले भनेका छन्, ‘निर्वाचित हुने नयाँ राष्ट्रपतिको पहिलो दिनबाट नै यो संशोधित कार्यविधि लागू हुने गरि अहिलेदेखि तयारी गरौँ र नयाँ राष्ट्रपतिसँगै नयाँ अभ्यासको थालनी गरौँ । म आफ्नो ठाउँबाट यसका लागि सक्दो पहलकदमी लिनेछु र पालन गर्ने र गराउने कुरामा प्रतिबद्ध रहने छु ।’ उनले राष्ट्रपति एउटा व्यक्ति नभई संस्था रहेको बताउँदै सो संस्थाप्रति नागरिकको धारणा नकारात्मक हुँदै गएको बताएका छन् । जसको कारणमा राष्ट्रपतिको तामझामवाला शैली रहेको उल्लेख गर्दै राष्ट्रपति संस्थालाई सम्मानित र मर्यादित बनाउन नागरिकलाई दुःख दिने यो परम्परा र शैली बदल्न आग्रह गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कारागारमा रहेका पूर्वडीआईजी छविलाल जोशी अस्पताल भर्ना
-
नारायणी नदीमा डुबेर दुई दिदी-भाइ बेपत्ता
-
अछाममा भीषण आगलागी, सात पसल पूर्णरूपमा जले
-
प्रियांशको शतक, चेन्नाईसामु २ सय २० रनको लक्ष्य
-
बार निर्वाचन : काठमाडौँ, पाटन र ललितपुर बाहेकको गणना सकियो
-
भिरबाट खसेको ढुङ्गाले लागेर एक्साभेटर चालक सुकबहादुरको मृत्यु