सोमबार, १० मङ्सिर २०८१
ताजा लोकप्रिय

अष्ट्रेलियामा मधेशी समुदायको धोती–कुर्ता र्‍याली

शनिबार, २८ माघ २०७९, १३ : ०७
शनिबार, २८ माघ २०७९

जनकपुरधाम । अष्ट्रेलियाको संघीय राजधानी क्यानवेरामा मधेशी प्रवासीहरुले मधेशको पहिरण धोती–कुर्ता, गम्छा तथा सारी लगाएर परेडमा सहभागिता जनाएका छन् । गैर–आवासीय नेपाली संघ क्यानवेराको आयोजनमा पहिलोपटक भएको नेपाल फेस्टिवलमा मधेशी प्रवासीहरुले आफ्नो परम्परागत पहिरणमा सहभागिता जनाएका हुन् ।

क्यानवेरा निवासी मधेशी प्रवासीहरुको नेतृत्व मधेशी समाज क्यानवेराले गरेको समाजका अध्यक्ष रितेशकुमारले जानकारी दिए । र्यालीमा करिब ४० जना मधेशीहरुको सहभागिता रहेको थियो । ¥यालीमा पुरुषहरु परम्परागत धोती–कुर्ता र गम्छा सहितको पहिरणमा थिए भने महिलाहरु सारी र गर–गहनामा सजिएका थिए ।

australia

देश एक कथा अनेक स्लोगन रहेको नेपाल फेस्टिबलको बहुसाँस्कृतिक परेडमा मधेशी समाज लगायत, नेवारी समुदाय, तामाङ समुदाय, सनातन समाज र विभिन्न समाजिक संस्थाका व्यक्तिहरु आ–आफ्नै पहिरणमा सजिएर सहभागिता जनाएको मधेशी समाजका महासचिव प्रभाकर साहले बताए । फेस्टिबलमा मधेशी समाजले मिथिला चित्रकला सँगै छठ पर्वका मोडेल पनि प्रदर्शन गरेको महासचिव साहले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप