समय र आमा

रातो भाले खोरमा
कुखुरी काँ गर्दै
समय बास्यो
समय आमाको निन्द्रा बनेर खुल्यो
आमाले अधुरो सपनालाई
बार्दलीको तालमा लगेर
भर्खरै ओढेको मनतातो सिरकसँगै टाँग्यो
आमा,
मलाई र बहिनीलाई चिसो हुन्छ भनेर
निन्द्रामा फालेको सिरक
मिलाई मिलाई ओढाएर
हामी बिउँझौला भनेर
पिँढीमा झर्नु भो
भर्याङको बाटो हुँदै
कटेरोमा बाँधेको माली गाई
बाँ गरेर करायो
आमा उठेको चाल पाएर
चुलो चौको सिँगारे रातो माटोले
दलनको कुनामा
रातभरि जागाराम बसेको जाँतोसँग
साटासाट गरे मनको कुरा
उज्यालो धर्तीमा खस्नु पहिले
सक्काए सबै नित्य कर्महरू
आमा,
समय स्कुलले पोसाक
नीलो पाइन्ट
र, आकाशे रंगको सर्ट बनेर
स्कुल जाने बेला बन्यो
आमाको माया
अगेनाको कसौँडीमा
खिचडी बनेर पाक्योस्कुल
पाठ्यसामग्री टिफिन बक्स
आदिको भरिया बनेर
ज्ञान आर्जन गर्न पाठशाला लागे
आमाको माया मुटुको
पीँधमा समेटेर
समय पाठशाला प्राङ्गणमा
गुन्जेको राष्ट्रिय गान
समय पिटी खेलाउने गुरुकोसमावेशी प्रेम
समय गुरुले पढाउने पाठ्यपुस्तकको
पाना पानामा झुल्किने ज्ञान पुञ्ज
समय ज्ञानको सत् बीउ छर्दै अङ्कुरण हुने
सुन्दर सुदूर भविष्य ।
समय निरन्तर बगिरहे मलाई नपर्खेर
आमाले खेदाई रहे
समय सँगै बग्नु भनेर
समय साँझ बिहान, सपना विपना
आमा माया ममता, प्रेम अनि पूजा ।
पाँचखाल, काभ्रे
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कपिलवस्तु ११ सुनगाभा सैनामैना गोल्डकपको फाइनलमा
-
अछाममा माटोको ढिस्कोले पुरिँदा दुई महिलाको मृत्यु
-
सांग्रिला क्विजमा सञ्जुकुमारी र सुकीर्ति पहिलो
-
एससीटी–युपिआई कार्ड प्रयोगकर्तालाई शुक्र हाउस अफ डाईग्नोस्टिक्स् सेन्टरमा छुट
-
श्रमिकलाई आत्मनिर्भर बनाउन सामाजिक सुरक्षा कोषको महत्त्वपूर्ण भूमिका छ : मुख्यमन्त्री लामा
-
तरुण दलको महाधिवेशन निर्धारित समयमै हुन्छ : अध्यक्ष गुरुङ