जनयुद्ध दिवसको अवसरमा सोमबार मधेस प्रदेशमा सार्वजनिक बिदा
![जनयुद्ध दिवसको अवसरमा सोमबार मधेस प्रदेशमा सार्वजनिक बिदा](https://rpcdn.ratopati.com/media/albums/holiday-bida_MV4wJCNdwc.jpg)
जनकपुरधाम । अगामी फागुन १ गते (सोमबार) मधेस प्रदेश सरकारले जनयुद्ध दिवसको अवसरमा सार्वजनिक बिदाको घोषणा गरेको छ ।
मधेस सरकारले दोस्रो पटक जनयुद्ध दिवस मनाउन लागेको हो । दिवसको अवसरमा प्रदेशमा मधेस सहिद प्रतिष्ठानको आयोजनामा विशेष कार्यक्रम गर्न लागिएको छ । सोही कार्यक्रममा सहभागी हुन उपराष्ट्रपति नन्द बहादुर पुनः जनकपुर आउने तय भएको गृह तथा सञ्चार मन्त्री शत्रुधन प्रसाद सिंहले जानकारी दिए ।
हेलिकप्टरबाट जनकपुरधाम एयरपोर्टमा आएपछि उनलाई गृहमन्त्री सिंहले स्वागत गर्नेछन् । त्यसपछि उनी मधेस भवनमा आयोजित जनयुद्ध दिवसमा सहिद परिवारलाई सम्मान एवं राहत वितरण कार्यक्रममा सहभागी हुने जनाइएको छ ।
सोमबार बिहान १०ः३० बजेदेखि हुने कार्यक्रम मधेस भवनको कभर्डहलमा आयोजना गरिएको छ ।
यसैबीच जनयुद्धको क्रममा मधेस प्रदेशमा शहादत प्राप्त गरेका ५ सय ४० जना शहीद परिवारलाई एक/एक लाखको दरले आर्थिक सहयोग गर्ने निर्णय गृह तथा सञ्चार मन्त्रालयले गरेको छ ।
आठै जिल्लाका शहीद परिवारलाई एक/एक लाखको दरले वितरण गर्ने तयारी रहेको मधेस शहीद प्रतिष्ठानले जनाएको छ । यसअघि प्रतिष्ठानले गएको माघ ५ गते बलिदानी दिवस मनाउँदै मधेस आन्दोलनको क्रममा शहादत प्राप्त गरेको परिवारलाई दुई/दुई लाखको दरले सहयोग प्रदान गरेको थियो ।
गत वर्ष फागुन १ गते पनि मधेस सरकारले जनयुद्ध दिवस मनाउन सार्वजनिक बिदा दिएको थियो भने माओवादीको दश वर्षे जनयुद्धमा शहीद, बेपत्ता भएका परिवार र घाइतेलाई एक/एकलाअ रुपैयाँ वितरण गरेको थियो ।
यसैबीच मधेस प्रदेश सभाको बैठक फागुन १ गते सोमबार २ बजे बस्ने भनिएको प्रदेशसभाको बैठक पनि सरेको छ। प्रदेस सरकारले फागुन १ गते जयनुद्ध दिवस मनाउने भएपछि उक्त बैठक सरेको हो । सो बैठक फागुन २ गते मङ्गलवार २ बजे बस्ने प्रदेशसभाले सूचना प्रकाशन गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सबै प्रकारका भ्रष्टाचारलाई छानबिनको दायरामा ल्याउनुपर्छ : राष्ट्रपति पौडेल
-
अमेरिकी प्रभाव विस्तारको औजार यूएसएआईडीको कथा
-
म तिमीविरुद्ध एक्लै भए पनि प्रतिरोधको झण्डा उठाउँछु !
-
नेपालका वामपन्थीलाई भुत्ते बनाउन यूएसएआईडीले लगानी गर्थ्यो
-
‘वाम–लोकतान्त्रिक सहकार्यको प्रस्ताव राष्ट्र हितमा छ’
-
माओवादीबाट तीन जना पदमुक्त, वैकल्पिक केन्द्रीय सदस्य थपियो