६ महिनामा ३ अर्ब १५ करोडको प्याज आयात
शनिबार, २८ माघ २०७९, ११ : २०

काठमाडौँ । चालू आर्थिक वर्ष २०७९/८० को ६ महिनाको अवधिमा विदेशबाट ३ अर्ब २३ करोड रुपैयाँभन्दा बढीको प्याज आयात भएको छ । भन्सार विभागको तथ्यांकअनुसार चालू वर्षको साउनदेखि पुस महिनासम्मको अवधिमा उक्त मूल्य बराबरको प्याज आयात भएको हो ।
यस अवधिमा ८ करोड ६३ लाख ८६ हजार किलोग्राम प्याज भित्रिएको छ । यसबापत आयातकर्ताले राज्यलाई ३४ करोड ३ लाख ६६ हजार रुपैयाँ भन्सार राजश्व बुुझाएका छन् । नेपालमा भारत र चीनबाट प्याज आयात हुँदै आएको छ ।
यस अवधिमा चीनबाट २ करोड ७५ लाख रुपैयाँको प्याज आयात हुँदा बाँकी सबै भारतबाट आयात भएको छ । भारतबाट ३ अर्ब २० करोड रुपैयाँभन्दा धेरैको प्याज भित्रिएको तथ्यांक विभागले सार्वजनिक गरेको छ ।