महिला टी–२० विश्वकपको पहिलो खेलमा आयोजक दक्षिण अफ्रिका स्तब्ध
शनिबार, २८ माघ २०७९, ०९ : ३७
केप टाउन । आईसीसी महिला टी–२० विश्वकपको पहिलो खेलमा आयोजक दक्षिण अफ्रिका श्रीलङ्कासँग ३ रनले पराजित भएको छ । श्रीलङ्काले प्रस्तुत गरेको १ सय ३० रनको लक्ष्य पछ्याउने क्रममा दक्षिण अफ्रिकाले ९ विकेटको क्षतिमा १ सय २६ रन मात्र बनाउन सफल भयो ।
कप्तान सुन लुसले २८ तथा लाउरा वुल्भार्डटले १८ रन बनाए पनि टोलीलाई जीतसम्म डोर्याउन सकेनन् । दक्षिण अफ्रिकालाई रोक्न श्रीलङ्काकी इनोका रनविराले ३ तथा सुगन्धिका कुमारी र ओसादी रानासिंघेले २–२ विकेट लिए ।
यसअघि कप्तान चमारी कथापथ्थुको ६८ रनको मद्दतले श्रीलङ्काले निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा १ सय २९ रन बनाएको थियो । उनलाई भिस्मी गुनारत्नेले ३५ रन बनाउँदै राम्रो साथ दिइन् । समूह ए मा श्रीलङ्का र दक्षिण अफ्रिकासँगै अस्ट्रेलिया, बंगलादेश र न्युजिल्याण्ड रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दशौँ राष्ट्रिय खेलकूद : सुदूरपश्चिमको छनोट धनगढी र महेन्द्रनगरमा
-
१२ बजे, १२ समाचार : झापामा गोली चल्योदेखि रविविरुद्ध चितवनमा पनि मुद्दा दायरसम्म
-
कांग्रेसका जनप्रतिनिधिले हरेक २ महिनामा प्रगति विवरण पार्टीलाई बुझाउनु पर्ने
-
झापामा गोली चल्यो, एक जना घाइते
-
तीन वर्षीय बालक ६ दिनदेखि बेपत्ता
-
ढोरपाटनको विकासमा लाग्न प्रतिबद्ध छु: भट्टचन