वैदेशिक रोजगारीमा नेपालीको मृत्यु : कहिले लागु हुन्छ २४ घण्टे बीमा ?
काठमाडौँ । तत्कालीन श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले एउटा योजना अघि सारेका थिए– गन्तव्य मुलुकमा २४ घण्टे बीमा सेवाको प्रस्ताव सम्बन्धित मुलुकहरूसँग गर्ने ।
रोजगारीका लागि विभिन्न मुलुकमा पुगेका नेपाली कामदारको दुर्घटनामा क्षतिपूर्ति उपलब्ध गराउन मन्त्रालयले २४ घण्टे बीमा प्राथमिकतामा राख्ने मन्त्री विष्टले बताएका थिए ।
श्रम आप्रवासनसम्बन्धी नेपालको स्थिति प्रतिवेदन २०७२–७४ सार्वजनिक गर्दै मन्त्री विष्टले यस्तो योजना रहेको सुनाएका थिए । जुन कुरा म्यानपावर व्यवसायीहरूले लामो समयदेखि उठाउँदै आएका थिए । तर, अहिलेसम्म कुरामा मात्र सीमित छ यो प्रस्ताव ।
सन् २००८ देखि २०२२ सम्मको तथ्याङ्क हेर्दा वैदेशिक रोजगारीमा गएका १० हजार ६६६ जना नेपालीको मृत्यु भएको छ । जसमा २५५ जना महिला र १० हजार ४११ जना पुरूष रहेका छन् ।
उनीहरूमध्ये ८ हजार ५५३ जनाले रोजगारदाताको तर्फबाट पाउनुपर्ने बीमा पाएनन् । २४ घण्टाको बीमा सुविधा नहुँदा कतिपय बिरामी अवस्थामा रहेका तथा घाइते अवस्थामा रहेका नेपाली श्रमिकको उपचारमा समेत समस्या पर्दै आएको छ ।
यो विषय उठ्न थालेको एक दशक भइसक्यो, तर, कुनै पनि सरकारले प्राथमिकतामा राखेर यसलाई कार्यान्वयन गराउन सकेका छैनन् ।
एक दशकमा कार्डियाक एरेष्ट र हर्ट अट्याकबाट ज्यान गुमाएका २ हजार २०७ जनाले समेत रोजगारदाताको तर्फबाट पाउनुपर्ने बीमा सुविधा पाएनन् ।
वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष राजेन्द्र भण्डारीले २४ घण्टा बीमा सुविधा नहुँदा धेरै श्रमिकले समस्या भइरहेको बताए ।
त्यस्तै, प्राकृतिक मृत्यु भएका २ हजार ७७ जनाले समेत रोजगारदाताबाट पाउनुपर्ने बीमा सुविधा पाएनन् ।
आत्महत्या गरेका १ हजार १८७ जना, कोरोनाका कारण मृत्यु भएका २०७ र अन्य कारणले मृत्यु भएका २ हजार ८७५ जनाले समेत रोजगारदाताबाट पाउनुपर्ने बीमा सुविधाबाट वञ्चित भएका हुन् ।
वैदेशिक रोजगारीको क्रममा कार्यस्थलमा मृत्यु भएका, सवारी दुर्घटनामा परी मृत्यु भएकाहरूको हकमा भने बीमा बापतको पैसा पाएका छन् ।
वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष राजेन्द्र भण्डारीले २४ घण्टा बीमा सुविधा नहुँदा धेरै श्रमिकले समस्या भइरहेको बताए । एकजना श्रमिकले आफ्नो २ वर्षको लागि वैदेशिक रोजगारीमा जाँदा पुरै अवधिको बीमा हुनुपर्ने माग आफूहरूले लामो समयदेखि राख्दै आएको बताए ।
‘ड्युटी आवरमा केही भयो भने मात्र बीमा पाउँछन् । त्योबाहेक दिनभर काम गरेर कोठामा गएका कतिपय श्रमिकहरू बिहान मृत फेला परेका छन् । कतिपयको हर्ट अट्याक भएर मृत्यु भएको छ । उनीहरूले रोजगारदाताबाट केही पनि पाउँदैनन् ।’ उनले भने ।
ड्युटी आवर भन्दा फरक समयमा कुनै घटना घटेर उपचार गर्नुपर्यो भने कम्पनीले बेवास्ता गर्ने गरेको उनको भनाई छ ।
‘बीमा भयो भने राम्रोसँग उपचार गराउन सकिन्छ । यदि मृत्यु भयो भने पनि रोजगारदाताको तर्फबाट बीमा पाइयो भने केही नभए पनि आश्रित परिवारले केही राहत पाउने थिए, त्यो हुन सकेको छैन ।’ अध्यक्ष भण्डारीले भने ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सह–सचिव राजीव पोखरेलले २४ घण्टे बीमा कार्यान्वयन गर्न सम्बन्धित देशले चाहनुपर्ने बताए ।
मलेसियाले भने विदेशी श्रमिकको हकमा २४ घण्टा नै बीमा गर्ने कुरा अघि सारिरहेको छ । यो विषयमा मलेसियाका गृहमन्त्रीको नेपाल भ्रमणको बेला समेत छलफल भएको थियो ।
‘नेपालमा वैदेशिक रोजगार बोर्डमार्फत सामाजिक सुरक्षा कोषमा आबद्ध गराउन खोजिरहेका छौँ । त्यो बाहेक नेपालबाट अन्य बीमा कम्पनीमा जीवन बीमा गरेर गएका हुन्छन् ।’ अध्यक्ष भण्डारीले भने ।
गन्तव्य देशमा गएर काम गर्ने ठाउँमा अहिले वर्किङ आवरको मात्र बीमा भएको र त्यसले निकै समस्या निम्त्याई रहेको उनको भनाई छ ।
कतिपय देशहरूमा २४ घण्टाको बीमा सुविधा पनि छ । त्यो देशको कानुनअनुसार विदेशी कामदारको हकमा समेत बीमा लागु हुने गरेको खाडी मुलुकहरूमा २४ घण्टे बीमा कार्यक्रम नरहेको उनको भनाई छ ।
पछिल्लो समय वर्किङ आवरको भन्दा पनि २४ घण्टे नै हुनुपर्छ भनेर मन्त्रालयले कुरा राख्दै आएको छ ।
अध्यक्ष भण्डारी भन्छन्, ‘बीमा उनीहरूको देशको कानुनअनुसार हुने हो । सबै श्रमिकलाई समान गर्नुपर्छ भन्ने उनीहरूको भनाई हुन्छ । जसले गर्दा नेपाली श्रमिकका लागि मात्र छुट्टै नियम हुँदैन ।’
मलेसियाले भने विदेशी श्रमिकको हकमा २४ घण्टा नै बीमा गर्ने कुरा अघि सारिरहेको छ । यो विषयमा मलेसियाका गृहमन्त्रीको नेपाल भ्रमणको बेला समेत छलफल भएको थियो । जसमा मलेसियन अधिकारीहरू सकारात्मक देखिएका थिए ।
त्यस्तै, युरोपियन मुलुकमा समेत २४ घण्टा नै बीमा सुविधा हुन्छ । त्यो बाहेकका देशमा सम्झौता गर्दा नै सरकारले बीमाको कुरालाई उठान गर्दै आएको उनको भनाई छ ।
गल्फ देशहरूमा पुराना सम्झौताहरू छन् । ती सम्झौता पुनरावलोकन गर्ने प्रक्रिया अघि बढिरहेको छ ।
‘एग्रिमेन्ट हामीले फोर्सली भन्ने कुरा हुँदैन । उनीहरूले पनि आफ्नो देशको कानुनअनुसार जानुपर्छ । हामीले एउटा जेनेरेल मोडालिटी बनाएका छौँ । त्यसमा २४ घण्टा नै राख्नुपर्छ भनेका छौँ । त्यो देशमा जस्तो कानुनी हुन्छ त्यही अनुसार जाँदा यो लागू गर्न सकिएको छैन ।’ अध्यक्ष भण्डारीले भने ।
धेरै नेपालीले विदेशमा दिनभर काम गरेर कोठामा आएर सुतेको अवस्थामा बिहान मृत अवस्थामा फेला पर्ने गरेका छन् । रोजगारदाता कम्पनीले त्यसलाई ड्युटी टाइमभन्दा बाहिरको समय मृत्यु भयो भने बीमा दाबी गर्न मान्दैनन् । यसले धेरै श्रमिकहरूले रोजगारदाताको तर्फबाट पाउनुपर्ने बीमा पाउनबाट वञ्चित हुँदै आएका छन् ।
‘हामीले जुन कम्पनीमा काम गरिरहेको हुन्छ, बीमा पाउनुपर्छ भन्छौँ । त्यो कम्पनीमा काम गरिरहेकोले स्ट्रेसको कारणले पनि मृत्यु भएको हुन सक्छ । त्यसकारण वर्कर आएदेखि नै बीमाको घेराभित्र पर्नुपर्छ भन्छौँ ।’ उनले भने ।
गल्फ देशहरूमा पुराना सम्झौताहरू छन् । ती सम्झौता पुनरावलोकन गर्ने प्रक्रिया अघि बढिरहेको छ । सोही समय यी विषय उठान गरिने उनको भनाई छ ।
नेपालबाट पाउँछन् ७ लाख
वैदेशिक रोजगारीमा जाँदा मृत्यु भएमा नेपालमा गरिएको बीमाको आधारमा ७ लाख रुपैयाँ आर्थिक सहायता पाउँछन् । त्यस्तै घाउचोट लागेको खण्डमा ५० हजार भन्दा माथि उपचार खर्च पाउँछन् ।
यदि कामदार गन्तव्य देशमा दुर्घटनामा परी फर्कनु नसक्ने अवस्था भएमा उपचारको सक्कली बिल वा डाक्टरको उपचार विवरण कामदारको परिवारले पेश गर्न सकेमा बीमा समितिको प्रावधानअनुसार बीमा रकम प्राप्त हुन्छ ।
वैदेशिक रोजगार ऐन, २०६४ अनुसार उनीहरूले १५ सय रुपैयाँ तिरेर बीमा गराउनुपर्छ । सोही आधारमा क्षतिपूर्ति बीमा कम्पनीले दिनुपर्छ । बीमा जारी भइसकेपछि यदि कामदारको मृत्यु भएमा (गन्तव्य देश प्रस्थान नगर्दै वा बीमा अवधिभित्र मृत्यु भएमा) पूर्ण क्षतिपूर्ति पाउने व्यवस्था छ ।
दुर्घटना भएर अंगभंग भएमा कामदारको सम्पूर्ण घटनालाई समेत मध्यनजर गरेर विशेषज्ञहरूको समितिले शारीरिक क्षतिको समानुपातिक हुने गरी निर्धारण गरेर बीमाङ्कको प्रतिशत दिने व्यवस्था छ ।
बीमा समितिले तोकेको पन्ध्र घातक रोगमध्ये कुनै रोग लागेर कामदार फर्किएमा पाँच लाख बराबरको उपचार खर्च पाउने व्यवस्था छ ।
यदि कामदार गन्तव्य देशमा दुर्घटनामा परी फर्कनु नसक्ने अवस्था भएमा उपचारको सक्कली बिल वा डाक्टरको उपचार विवरण कामदारको परिवारले पेश गर्न सकेमा बीमा समितिको प्रावधानअनुसार बीमा रकम प्राप्त हुन्छ ।
तर, क्षतिपूर्ति भने कामदारले बीमा जारी गरेको र नवीकरण गरेको समयको आधारमा मात्र पाइन्छ । त्यसैले, समयमै नवीकरण गर्नुपर्छ ।
वैदेशिक रोजगारमा गएको कामदारको मृत्यु भई शव अलपत्र परी नेपाल ल्याउन, निजको परिवारलाई आर्थिक सहयोग प्रदान गर्न, कामदार अङ्गभङ्ग भएमा क्षतिपूर्ति दिन, करार बमोजिम सुविधा नपाए कामदारलाई फिर्ता गराउन र त्यसरी फर्किएर आएका कामदार वा निजको परिवारलाई आर्थिक सहायता प्रदान गर्नको लागि वैदेशिक रोजगार प्रवर्द्धन बोर्डले व्यवस्थापन गरेको वैदेशिक रोजगार कल्याणकारी कोषबाट प्राप्त हुन्छ । तर त्यसको लागि कामदारले वैदेशिक रोजगारमा जानु अघि श्रम स्वीकृत गरी तोकेको रकम जम्मा गर्नुपर्छ ।
करार अवधिभर कामदार बिदामा नेपाल आएको वा गन्तव्य देशमा भएको समयमा मृत्यु भएमा कामदारको परिवारले क्षतिपूर्ति स्वरूप हाल सात लाख पाउने व्यवस्था छ ।
साथै, करार अवधिभित्र दुर्घटनामा परी अंगभंग भएमा वा गम्भीर बिरामी भएर फर्किएमा वैदेशिक रोजगार प्रवर्द्धन बोर्डको विशेषज्ञ समितिले रोग र दुर्घटनाको प्रकृति हेरी सात लाख सम्मको क्षतिपूर्ति पाउँछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपालमा ओमानी रियाल पनि खरिदबिक्री हुने, विदेश पुगेका नेपालीलाई राहत
-
के हो अक्युपञ्चर उपचार विधि ?, के छ महत्व ?
-
विदेशी मुद्राको विनिमयदर : कुनको बढ्यो, कुनको घट्यो ?
-
युभेन्टसलाई हराउँदै आर्सनल क्वार्टरफाइनलमा, हर्टिगको गोल निर्णायक
-
डोनाल्ड ट्रम्पले महान्यायाधिवक्ता छानेका गेट्जले लिए नाम फिर्ता
-
६०० ग्राहकको विद्युत् लाइन काटिँदै