प्रचण्ड र ओलीबीच चर्काचर्की

काठमाडौँ । उच्चस्तरीय संयन्त्रको बैठकमा राष्ट्रपति निर्वाचनको विषय लिएर प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमाले अध्यक्ष केपी शर्मा ओलीका बीचमा ‘भनाभन’ भएको छ । बैठकमा सहभागी एक नेताका अनुसार प्रधानमन्त्री प्रचण्डले राष्ट्रपतिको चयन राष्ट्रिय सहमतिमा गर्नुपर्ने आवश्यकताबारे बोल्दै गर्दा एमाले अध्यक्ष ओलीले प्रतिवाद गरेका छन् ।
‘प्रधानमन्त्री प्रचण्डको चाहना राष्ट्रपतिको चयन राष्ट्रिय सहमतिमा साझा व्यक्तिलाई ल्याउनुपर्नेमा छलफल गर्नु थियो’ ती नेताले भने, ‘तर एमाले अध्यक्ष ओलीले यसबारे अब सल्लाह गर्नुपर्ने विषय नै के छ र ? यसबारे त पहिल्यै टुंगो लागिसकेकाले थप छलफलको आवश्यकता नै छैन ।’
माओवादी केन्द्रको स्थायी कमिटी बैठकले राष्ट्रिय सहमतिमा राष्ट्रपति चयन गर्नुपर्ने निर्णय गरिसकेको छ । तर, सोभन्दा अघि सत्तारूढ दलबीच सरकार गठनअघि नै राष्ट्रपति एमालेको भागमा परेको र त्यसबारेमा सहमति भइसकेको छ । तर, माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै राष्ट्रपति दलका कार्यकर्ता राष्ट्रपति हुँदा विगतमा दुःख पाएको टिप्पणी गर्दै साझा व्यक्तिको खोजी गर्दै राष्ट्रिय सहमतिमै चयन गर्नुपर्नेमा जोड दिएका थिए । आजको नागरिक दैनिकमा समाचार छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजनीतिक स्थिरताका लागि प्रत्यक्ष निर्वाचित राष्ट्रपति समाधान होइन: उपमहासचिव ज्ञवाली
-
प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम चैत ७ गते
-
नेशनल इभेन्ट म्यानेजमेन्ट एसोसिएसनको अध्यक्षमा रवि धमला
-
अग्नि सापकोटाविरुद्धको मुद्दा हेर्दाहेर्दैमा
-
राजावादीहरूले टाउको उठाउनुमा सबैभन्दा बढी खोट कम्युनिस्टमै देख्छु : जगन्नाथ खतिवडा
-
यी हुन्, नेविसंघले हालसम्म निर्विरोध जितेका स्ववियु अध्यक्ष र क्याम्पस (सूचीसहित)