रातोपाटी ब्रिफिङ : यस्ता छन् आजका ‘टप टेन’ समाचार
काठमाडौँ । आज मिति २०७९ साल माघ महिनाको २७ गते शुक्रबार । आज दिनभर भएका मुख्यमुख्य घटनाक्रमलाई रातोपाटीको रात्रिकालीन प्रस्तुती ‘रातोपाटी ब्रिफिङमा प्रस्तुत गरिएको छ–
१. राष्ट्रपतिद्वारा संघीय संसदलाई सम्बोधन
राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि र राष्ट्रिय सभाको संयुक्त बैठकलाई सम्बोधन गरेकी छन् । नेपालको संविधानको धारा ९५ को उपधारा (२) बमोजिम राष्ट्रपति भण्डारीले शुक्रबार सङ्घीय संसदको दुवै सदनको संयुक्त बैठकमा गरेकी हुन् ।
यसैबीच नेपाल चिकित्सक संघले अस्पताल परिसरभित्रै प्रहरीले डाक्टरमाथि लाठी चार्ज गरेको भन्दै विरोध गरेको छ । शुक्रबार नेपाल चिकित्सक संघका आजीवन सदस्य एवं राष्ट्रिय ट्रमा सेन्टरका बरिष्ठ अर्थोपेडिक सर्जन डा जनिथलाल सिंहमाथि अस्पताल परिसर भित्रै प्रहरीले लाठी चार्ज गरी गम्भीर घाईते बनाएको संघले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
२. राष्ट्रपतिमा रस्साकस्सी
एमालेका अध्यक्ष केपी शर्मा ओलीले लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका अध्यक्ष महन्थ ठाकुरलाई राष्ट्रपतिमा सहयोग आग्रह गरेका छन् ।
संसद् बैठकपछि आफूसँगै ठाकुरलाई बालकोटसम्म लगेका अध्यक्ष ओलीले छलफलका क्रममा राष्ट्रपतिको चुनावमा एमालेलाई सहयोग गर्न आग्रह गरेका हुन् । सो आग्रहमा अध्यक्ष स्पष्ट जवाफ भने दिएनन् ।
यसैबीच नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले केन्द्र सरकार जोगिने नजोगिनेबारे हेर्दै जानुपर्ने बताएका छन् ।
शुक्रबार संसद् भवनबाट बाहिरिने क्रममा सञ्चारकर्मीले प्रदेश सरकार जोगाउन नसकेको अवस्थामा केन्द्र सरकार के हुन्छ ? भनेर गरेको प्रश्नमा अध्यक्ष ओलीले भने,‘हेर्दै जाऔँ ।’
३. रास्वपा फेरि सरकारमा सहभागी होला ?
सर्वोच्च अदालतले सभापति रवि लामिछानेको नागरिकता अवैध ठहर गरेपछिको घटनाक्रमका कारण सरकारबाट बाहिरिएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई पुनः सरकारमा फर्काउन खोजिएको चर्चा हुन थालेको छ ।
लामिछानेले सर्वोच्चको फैसलाअनुसार सांसद पदका साथसाथै मन्त्री र पार्टी सभापति पद गुमाएका थिए । लगत्तै जिल्ला प्रशासन कार्यालय, काठमाडौँबाट नागरिकता कायम गराएर पार्टी सभापति बनेका लामिछाने गैरसांसदको रुपमा गृह मन्त्रालयमा फर्किन चाहे पनि प्रधानमन्त्री प्रचण्डले सकारात्मक जवाफ नदिएपछि उनी रोकिएका थिए । त्यसपछि पार्टीले केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक राखेर सरकारबाट बाहिरिने निर्णय गरेको थियो । तर, सरकारबाट बाहिरिएको एक साता नबित्दै सो पार्टीलाई सरकारमा सहभागी गराउनेबारे छलफल सुरु भएको हो ।
४. कम्युनिस्ट एकताको कुरा
संसद् बाहिर भएका चार कम्युनिस्ट पार्टीहरूले एकताबद्ध भएर जाने विषयमा छलफल गरेका छन् । शुक्रवार काठमाडौँमा भेट भई चार पार्टी मोर्चा बन्दी गरेर जाने विषयमा छलफल गरेका हुन् । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा, ऋषि कट्टेल नेतृत्वको नेकपा, विश्वभक्त दुलाल ‘आहुति’ नेतृत्वको वैज्ञानिक समाजवादी र कर्णजीत बुढामगर नेतृत्वको नेकपा माओवादी समाजवादी पार्टीहरू माओवाद मान्नेहरू एक भएर जाने विषयमा छलफल गरेका हुन् ।
यसैबीच विवेकशील साझा पार्टीको महाधिवेशन शुक्रबारदेखि सुरु भएको छ । महाधिवेशनमा विभिन्न दलका नेताहरुसमेत शुभकामनाका लागि पुगेका थिए ।
५. सुदूरपश्चिम प्रदेश
सुदूरपश्चिम प्रदेश सरकारमा नेपाली कांग्रेस र एकीकृत समाजवादीबाट एक एक जना मन्त्री बनेका छन् ।
कांग्रेसबाट प्रदेशसभा सदस्य प्रकाश देउवा भौतिक पूर्वाधारमन्त्री बनेका छन् भने नेकपा एकीकृत समाजवादीले नरेशबहादुर शाहीलाई आर्थिक मामिला मन्त्रीका रूपमा पठाएको छ ।
मन्त्री नियुक्त भएका देउवा र शाहीले प्रदेश प्रमुख देवराज जोशीबाट पद तथा गोपनीयताको शपथ लिएका हुन् ।
६. सामान्य प्रशासनको परिपत्र
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले कर्मचारीको पदस्थापन गर्दा सामान्य प्रशासन मन्त्रालयको अनिवार्य सहमति लिन परिपत्र गरेको छ ।
मन्त्रालयले शुक्रबार विज्ञप्ति जारी गर्दै मन्त्रीस्तरीय निर्णय अनुसार राजपत्राङ्कित प्रथम श्रेणीका विभागीय प्रमुखको पदमा पदस्थापन गर्नुपर्दा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अनिवार्य सहमति लिन निर्देशन दिएको हो । यसअघिको उक्त व्यवस्था लागु नभएको भन्दै मन्त्रालयले अब भने मन्त्रालयको अनिवार्य अनुमति लिन निर्देशन दिएको छ ।
७. मौद्रिक नीति
नेपाल राष्ट्र बैंकले शुक्रवार मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा सार्वजनिक गरेको छ । शुक्रवार बिहानै राष्ट्र बैंक सञ्चालक समितिको बैठक बसी अर्धवार्षिक समीक्षा सार्वजनिक गरेको हो ।
८. पृथ्वी शाह प्रकरण
पृथ्वीबहादुर शाहविरुद्ध प्रहरीले सरकारी लिखत कीर्ते गरेको कसुरमा पनि अनुसन्धान अघि बढाएको छ । अछाम घर भएका ३५ वर्षीय शाहलाई केन्द्रीय अनुसन्धान ब्युरोले पुस २२ मा पक्राउ गरेर अनुसन्धान गरिरहेको छ । विदेशबाट शङ्कास्पद रकम नेपाल भित्र्याएको आरोपमा ब्युरोले उनलाई पक्राउ गरेको थियो । अनुसन्धान गर्दै जाँदा शाहले सरकारी लिखत कीर्ते गरेको भेटिएको केन्द्रीय अनुसन्धान ब्यूरोका एआईजी उत्तम सुवेदीले रातोपाटीलाई बताए ।
९. नवनिर्वाचित सदस्यको शपथ
नवनिर्वाचित राष्ट्रियसभा सदस्य कुमार दशौंदीले पद तथा गोपनीयताको सपथ लिएका छन् । दशौदीले शुक्रबार दिउँसो सिंहदरबारस्थित संघीय संसद सचिवालय भवनमा राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासमक्ष पद तथा गोपनीयताको शपथ लिएका हुन् ।
१०. योपनि...
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुर निलम्बनमा परेका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयले गैरकानुनी लाभ लिने उद्देश्यले थाइ स्माइल एयरलाइन्सका प्रतिनिधिसँग ठाकुरले कुराकानी गरेको पाइएपछि निलम्बन गरेको हो ।
निलम्बनसँगै मन्त्रालयले थप अनुसन्धानका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई अनुरोध गरेको छ ।
सांसदहरूले आफूहरू सांसद भएकाले संविधानको भन्दा बढी विशेषाधिकार चाहिने मानसिकता सहितको तर्क गर्न थालेपछि प्रतिनिधि सभा नियमावली मस्यौदा समितिको शुक्रवारको बैठकमा सदस्यहरुबीच नै भनाभन भएको छ । सांसदहरू स्वयम् नियममा बाँधिने विषयमा राखिने प्रावधानका सम्बन्धमा मत ऐक्ययता नभएपछि सदस्यहरुबीच भनाभनको स्थिति उत्पन्न भएको हो ।
साफ यू–२० महिला च्याम्पियनसिप फुटबलमा उपविजेता बनेको नेपाली टोली शुक्रबार स्वदेश फर्किएको छ । बंगलादेशमा भएको प्रतियोगिता खेलेर नेपाली टोली शुक्रबार दिउँसो स्वदेश फर्किएको हो ।
जततउकस्ररधधध।चबतयउबतष्।अयmरकतयचथरघद्धछडछद्दरलभउब(िग((कबाा(लभउबष्(िाययतदबििभच(चभतगचल
थप समाचार
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इन्डियन प्रिमियर लिगको मेगा अक्सनपछि एकाएक करोडपति बने १३ वर्षीय वैभव
-
के हो ‘चाइना–कार्ड’ ?
-
चिसो बढेसँगै कालीगण्डकीमा जलयात्रा बन्द
-
‘सामाजिक सुरक्षा कोषमा आबद्ध हुँदा योगदानकर्ता र रोजगारदाता दुवैलाई नोक्सान छैन’
-
‘हामी भारत कि चीन भनेर लडिरहेका छौँ’
-
घाइते भएका कारण नेपाल प्रिमियर लिगबाट बाहिरिए दक्षिण अफ्रिकी बलर डे लान्ज