चीनको चिकित्सा सामग्री बोकेको विमान सिरिया पुग्यो

दमास्कस । चीनबाट आपत्कालीन चिकित्सा सामग्री बोकेको एउटा विमान सिरिया आइपुगेको छ ।
रेडक्रस सोसाइटी अफ चाइना (आरसीएससी) को विमान बिहीबार साँझ दमास्कस अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको हो ।
चिनियाँ राजदूत शि होङवेईको उपस्थितिमा सिरियाली अरब रेड क्रिसेन्टलाई विमानस्थलमा चिकित्सा सामग्री हस्तान्तरण गरिएको छ ।
राजदूत शिले सिरियाले भूकम्पका कारण उत्पन्न विषम परिस्थितिमा सघाउन चीन सिरियाको साथमा रहेको बताए ।
सिरियाका स्वास्थ्य मन्त्री हसन अल गब्बासले संयुक्त राष्ट्रसङ्घ, रेडक्रसको अन्तर्राष्ट्रिय समिति र अन्य अन्तर्राष्ट्रिय संस्थाहरूलाई सहयोगका निम्ति आह्वान गरेका छन् ।
रेडक्रसको अन्तर्राष्ट्रिय समितिले सिरियन रेड क्रिसेन्टलाई आपत्कालीन मानवीय सहायतास्वरूप दुई लाख अमेरिकी डलर नगद उपलब्ध गराएको छ ।
साथै समितले भूकम्प प्रभावित क्षेत्रमा थप सहायता उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेको छ ।-(रासस/सिन्ह्वा)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पत्नीको बिहे गराइदिएका युवक चार दिन पनि टिक्न नसकी फिर्ता माग्न पुगे
-
खाद्य संस्थानको रिक्त विज्ञ सञ्चालक खुला प्रतिस्पर्धात्मक परीक्षाबाट नियुक्ति गरिँदै
-
कर्मचारी सरुवामा गृहको मनपरी, जगेडामा रहेका चार उपसचिव छुटे
-
नेपाल उद्योग परिसंघ र थाई उद्योग महासंघबिच लगानी प्रवर्द्धन गर्ने समझदारी
-
अस्ट्रेलियन ओपन कराँते च्याम्पियनसिपमा नेपालका पाँच खेलाडी
-
राजावादी समर्थकको आगजनीबाट जडीबुटी कम्पनीमा २८ करोड बराबरको क्षति