जापानको सहयोगमा दाङमा बन्यो प्रसूति भवन

जापान सरकारको सहयोगमा नेपाल परिवार नियोजन सङ्घ दाङ शाखाको प्रसूति भवनको उद्घाटन गरिएको छ । उक्त भवनको नेपालका लागि जापानका राजदूत किकुता युताका तथा लुम्बिनी प्रदेशका मन्त्री चेतनारायण आचार्यले आज एक समारोहबीच संयुक्तरूपमा उद्घाटन गरेका हुन् ।
दूतावाससँग भएको सम्झौताअनुसार सन् २०१९ सेप्टेम्बर २७ तारिखमा सम्झौता भई ३१ अगस्ट २०२१ मा सम्पन्न गर्नुपर्ने भएपनि विश्वभर फैलिएको कोभिड–१९ का कारण म्याद थप भई २०२२को मार्चमा उक्त भवन जापान सरकारको लगानीमानिर्माण सम्पन्न भएको हो ।
सो अवसरमा मन्त्री आचार्यले नेपाल र जापानबीचको दौत्य सम्बन्धको इतिहास निकै सुखद् रहेको बताए ।
कार्यक्रममा जापानी राजदूत युकाताले भवनको उच्चतम प्रयोग गर्न आग्रह गरे ।
जापान सरकारले गरेको रु एक करोड बराबरको आर्थिक सहयोगमा भवन निर्माण गरिएको हो । थप रु २० लाख बराबरको सेवा विस्तार तथा गुणस्तरीय सेवाका लागि आवश्यक पर्ने क्लिनिकल औजार पनि व्यवस्थापन गरिएको छ ।
उक्त रकमबाट पाठेघरको मुखको क्यान्सर भएका बिरामीका लागि क्रायो मेसिन, अल्ट्रासाउन्ड मेसिन, प्रसूति शय्या, प्रयोगशाला सेवा विस्तारका लागि सेमी अटोएनालाइजर, माइक्रोस्कोप, सेन्ट्रिफयुजलगायत स्वास्थ्य सामग्री खरिद गरी सेवा बिस्तार भएको hजनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसपिए कैलाली प्रिमियर लिग–३ को उपाधि भिमदत्तले जित्यो
-
एमसीसीसँगै रोकिएका परियोजना अघि बढाउनेबारे सरकारसँग चार विकल्प
-
अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप : फाइनलमा चुक्यो नेपाल
-
मानवमा आत्मिक जागरण अपरिहार्य : प्रदेश प्रमुख भट्ट
-
नेपालविरुद्ध म्यानमारको २–० को अग्रता
-
तस्बिरमा हेर्नुहोस् नेपाल र म्यानमारबिचको खेल