गुल्मीमा ट्र्याक्टरले किच्दा सहचालकको मृत्यु
शुक्रबार, २७ माघ २०७९, २० : ०१

गुल्मी । गुल्मीमा ट्र्याक्टरले किच्दा सहचालकको मृत्यु भएको छ । जिल्लाको धुर्कोट गाउँपालिका–२ पिपलधारामा लु४त ७६५६ नम्बरको ट्र्याक्टरको बीच पाङ्ग्राले किच्दा सोही ठाउँका २२ वर्षीया सुवास परियारको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय गुल्मीका हवलदार नवीन भण्डारीले जानकारी दिए ।
नदी खोलाबाट बालुवा बोकेर पिपलधारा जाँदै गरेको ट्र्याक्टरमा सवार परियार दिउँसो साढे चार बजे अचानक खस्दा निज परियारको मृत्यु भएको हो ।
मृतक परियार लु ३ त ७४७१ नम्बरको ट्र्याक्टरका सहचालक हुन् । ट्र्याक्टर र चालकलाई जिल्ला प्रहरी कार्यालय गुल्मीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भइरहेको र शव पोष्टमार्टमको लागि गुल्मी अस्पताल पठाइएको जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डोटीमा जीपबाट खसेर सवारी धनीको मृत्यु
-
प्रधानमन्त्री ओलीको थाइल्यान्ड भ्रमण : के–के हुँदैछन् सम्झौता ?
-
आजदेखि डिजेल, मट्टितेल र हवाई इन्धनको मूल्य घट्यो
-
बस्ती पसेको पाटेबाघलाई निकुञ्जमा छाडियो
-
सभामुखलाई भेट्न सिंहदरबार जाँदै रवि लामिछाने
-
एकता महाधिवेशनमा एनआरएनए अध्यक्षको उम्मेदवारी मनोनयन शुल्क ७ लाख रुपैयाँ