दर्शक स्रोताको मनजित्न सृजना उत्कृष्ट पस्कनुपर्छ–शम्भुजित

काठमाडौँ । विशिष्ट संगीतकार शम्भुजित बास्कोटाले गायक गायिकाले दर्शक तथा स्रोताको मनजित्न उत्कृष्ट सृजना पस्कनुपर्ने बताएका छन् । पछिल्लो समय दर्शक स्रोता धेरै कुराको जानकारी राख्न थालेकोले उनको भनाई थियो ।
‘अव गीतसंगीत गर्ने भनेर मात्र हुँदैन । उत्कृष्ट दिनुसक्नुपर्छ । तवमात्र चल्छ’ बास्कोटाले थपे ।
शुक्रबार गायक आशिष सचिनले आफ्नो गीत ‘पिरिम नलाउने’ युट्युवमा दश करोड बढी भिउज पाएको खुसी साट्न आयोजित कार्यक्रममा बास्कोटाले गीतका गायक, गायिका तथा म्युजिक भिडियोसँग सम्बन्धित सबैलाई सफलताको शुभकामना समेत दिए ।
दश करोड भिउज पुगेको खुसीमा केक समेत काटेर सेलिब्रेसन गरिएको कार्यक्रममा गीतसँग सम्बन्धित सबै पक्षलाई मायाको चिनो तथा सम्मान पत्र प्रदान गरिएको थियो ।
गायक हिमाल सागर, वरिष्ठ फिल्म सम्पादन नरेन्द्र खड्का, संगीतकार दीपक शर्मालगायतको उपस्थिति रहेको कार्यक्रममा ‘पिरिम नलाउने’ गीत उत्कृष्ट भएकोले दर्शकले रुचाएको धारणा सहभागीले राखे ।
दीपक शर्माको शब्द संगीत रहेको गीतमा आशिष सचिन र मेलिना राइको स्वर छ । गीतको भिडियोमा भने गायक सचिन र अभिनेत्री वर्षा राउतको अभिनय छ । भिडियोको निर्देशक सुब्रत आचार्यले गरेका हुन् ।
कार्यक्रममा गायक सचिनले गीतको सफलताले खुसीका साथै अझै राम्रो गीत दिनुपर्ने जिम्मेवारी थपेको बताए । उनले दर्शक स्रोताको रुचिलाई ध्यानमा राखेर राम्रो गीतसंगीत निर्माणमा आफ्नो जोड रहने धारणा राखे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पुरस्कार स्थापना गर्ने प्रथम नेपाली महिला रानी जगदम्बा
-
दिल्लीको लगातार तेस्रो जित, चेन्नईको लगातार तेस्रो हार
-
अमेरिकासँग समान स्तरमा वार्ता गर्न इरान इच्छुकः राष्ट्रपति
-
एनएसएल हेर्न विश्वकप विजेता फुटबलर रोबर्टो कार्लोस नेपाल आउँदै
-
सेतो मछिन्द्रनाथको रथ जात्रा सुरु
-
चैत २५ भित्र सदस्य नबने एनआरएनएको एकता महाधिवेशनमा प्रतिनिधि बन्न नपाइने