मस्यौदा समिति बैठकमा अमरेश जंगिएपछि...

काठमाडौँ । सांसदहरूले आफूहरू सांसद भएकाले संविधानको भन्दा बढी विशेषाधिकार चाहिने मानसिकता सहितको तर्क गर्न थालेपछि प्रतिनिधि सभा नियमावली मस्यौदा समितिको शुक्रवारको बैठकमा सदस्यहरुबीच नै भनाभन भएको छ । सांसदहरू स्वयम् नियममा बाँधिने विषयमा राखिने प्रावधानका सम्बन्धमा मत ऐक्ययता नभएपछि सदस्यहरुबीच भनाभनको स्थिति उत्पन्न भएको हो ।
फौजदारी अभियोगमा पक्राउ परेर मुद्दाको अन्तिम किनारा नलागेसम्मका विभिन्न चरणमा सांसदको पद र सुविधा के कस्तो हुने भन्ने सम्बन्धमा गरिने व्यवस्थाका बारेमा समिति सदस्यहरुबीच मत भिन्नता देखिएको थियो । यसै क्रममा छलफलबाट प्राप्त निष्कर्ष सुनाउन लाग्दा स्वतन्त्र सांसद अमरेशकुमार सिंहले सचिवालयका कर्मचारीले छलफलमा हस्तक्षेप गरेको भन्दै आक्रोश पोखे ।
सांसद सिंहले त्यसको सम्पूर्ण रिस प्रवक्ता गिरी माथि खन्याउँदै ‘तपाई एमालेको कार्यकर्ता हो सुवासचन्द्र नेम्वाङसँग मात्रै खुसुखुसु गर्नुहुन्छ’ भनेपछि बैठक कक्षको वातावरण खलबलिएको थियो । सांसद अमरेशकुमार सिंहले समिति सदस्य एवं संविधानसभाका सभामुख सुवासचन्द्र नेम्वाङलाई ‘गिरिसचन्द्रलालको रिपोर्ट किन सार्वजनिक गर्नुभएन ?’ भनी प्रश्न गरेपछि अर्का सदस्य महेश बर्तौलाले बैठकमा नियमापत्ति गरेका थिए ।
प्रतिनिधि सभा नियमावली मस्यौदा समितिको बैठकमा जंगिए अमरेश
— RatoPati (@Rato_pati) February 10, 2023
छलफलबाट प्राप्त निष्कर्ष सुनाउन लाग्दा सचिवालयका कर्मचारीले छलफलमा हस्तक्षेप गरेको भन्दै स्वतन्त्र सांसद अमरेशकुमार सिंहले आक्रोश व्यक्त गरेका हुन् । pic.twitter.com/xLoVZbcoCA
बैठकको बहस विषय वस्तुभन्दा बाहिर जान थालेपछि सभापति चित्रबहादुर केसीले विषय केन्द्रित हुन निर्देशन दिनुपरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आईपीएल क्रिकेटमा रोयल च्यालेन्जर्सको लगातार दोस्रो जित, चेन्नईलाई चड्कन
-
उदण्ड प्रदर्शनका दोषीमाथि कानुनी कारबाही गर्न महासंघको माग
-
स्टुआर्ट बने नेपाली राष्ट्रिय क्रिकेट टिमको मुख्य प्रशिक्षक
-
१२ बजे, १२ समाचार : ज्ञानेन्द्र समर्थकको उद्दण्ड प्रदर्शनमा दुई जनाको मृत्युदेखि कर्फ्यू आदेश र सेना परिचालनसम्म
-
ज्ञानेन्द्र समर्थकको उद्दण्ड आन्दोलन : यस्तो छ तोडफोड, लुटपाट र आगजनीको विवरण
-
प्रभु साहले मागे प्रधानमन्त्री ओलीको राजीनामा