इनरुवा अस्पतालका ८ जना मेडिकल अधिकृतद्वारा सामूहिक राजीनामा
शुक्रबार, २७ माघ २०७९, १८ : ०१
काठमाडौँ । सुनसरीको इनरुवा अस्पतालका ८ जना मेडिकल अधिकृतले सामूहिक राजीनामा बुझाएका छन् । चिकित्सकहरूलाई मानसिक तनाव दिने तथा गाली गलौज गर्ने र धम्काउने व्यक्तिलाई मेडिकल सुपरिटेन्डेन्टले नै मौन समर्थन गरेको भन्दै उनीहरुले शुक्रवार समूहिक राजीनामा दिएका हुन् ।
सामूहिक राजीनामा बुझाउनेमा चिकित्सकहरूमा डाक्टर महेशकुमार शाह, डा. रतिकुमार यादव, डा. आशिष देव, डा. अभिषेककुमार सिंह, डा. श्रेया पंगेनी, डा. कृतिका हमाल, डा. दीपेन्द्र मेहता र डा. वीरेन्द्र मण्डल छन् ।
पटक पटक गाली गलौज, धम्की दिई मानसिक यातना दिएको कुरा सामाजिक विकास मन्त्रालय, जिल्ला प्रशासन कार्यालय, नेपाल मेडिकल एसोसिएसन र अस्पताल व्यवस्था समितिलाई समेत जानकारी गराइएको पत्रलाई उल्लेख गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिम रोयल्स र सूर्य प्लाईबिच सम्झौता
-
राष्ट्रपतिलाई उपराष्ट्रपतिले धम्की दिएपछि...
-
सूर्य नेपाल सेन्ट्रल ओपनको दोस्रो दिन तोरण विक्रम शाही शीर्ष स्थानमा कायमै
-
आर्थिक कूटनीतिलाई प्राथमिकतामा राख्नुपर्छ : मन्त्री राणा
-
नेपाल प्रिमियर लिगका खेलहरू युट्युबमा एक्सन स्पोर्ट्समार्फत हेर्न सकिने
-
गौरमा ‘बजाज माइलेज च्याम्पियन’ सम्पन्न