झरनाको ‘भगवत् गीता’ को छायांकन सुरु
शुक्रबार, २७ माघ २०७९, १७ : ४१
काठमाडौँ । झरना थापाको निर्देशन रहने फिल्म ‘भगवत् गीता’ को छायांकन सुरु भएको छ । शुक्रबार जनकपुरधामको राम मन्दिरमा पूजा गर्दै फिल्मको छायांकन सुरु गरिएको हो । फिल्मको छायांकन पनि जनकपुर आसपासका स्थानमा २० दिन र त्यसपछि काठमाडौँ र मनाङमा छायांकन हुनेछ ।
फिल्ममा धिरज मगर र सुहाना थापाको मुख्य भूमिका रहनेछ । छायांकन अगाडि फिल्मको एकसाता जानकी मन्दिर क्षेत्रमा कलाकारले रिहर्सल समेत गरेका थिए ।
सुनीलकुमार थापाको निर्माण रहने फिल्ममा धिरज र सुहानाको अलवा विपिन कार्की, अनुराग कुँवर, कवीर खड्काको पनि अभिनय रहनेछ । सुहाना इन्टरटेनमेन्टको प्रस्तुति र सुनीलकुमार थापा प्रोडक्सनको व्यानरमा निर्माण हुने फिल्मको छायांकारमा सञ्जय लामा छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सत्तरी वर्षपछि सुनकोशी र रोशीमा भयानक बाढी
-
बाढीबाट सुनसरीमा पाँच सयभन्दा बढी परिवार प्रभावित
-
सप्तकोसीको जलसतह खतरा तहभन्दा माथि, अन्य नदीको अवस्था के छ ?
-
अझै अवरुद्ध छन् यी मुख्य राजमार्ग (सूचीसहित)
-
अध्यक्ष प्रचण्डले आह्वान गरेको सर्वदलीय बैठक स्थगित
-
बाढी पहिराेबाट मृत्यु हुनेको संख्या १०२ पुग्यो, यस्तो छ क्षतिको अपडेट