‘प्रेमा’ मा शुभेक्षा, सृष्टि र अरुणको त्रिकोणात्मक प्रेमकथा
शुक्रबार, २७ माघ २०७९, १७ : २५
काठमाडौँ । गोविन्दसिंह भण्डारीको लेखन तथा निर्देशन रहेको फिल्म ‘प्रेमा’ अगामी चैत १७ अर्थात ३१ मार्चबाट प्रदर्शनको तयारीमा छ । प्रदर्शन मिति नजिकिँदै गर्दा निर्माण युनिटले फिल्मको टिजर शुक्रबार सार्वजनिक गरेको छ । टिजरमा फिल्मका प्रमुख तीन कलाकार शुभेक्षा खड्का, सृष्टि श्रेष्ठ र अरुण क्षेत्री देखिएका छन् । टिजरमा त्रिकोणात्मक प्रेमकथा देखाइएको छ ।
टिजर हेर्दा शुभेक्षा साधारण, सुन्दर युवती, सृष्टिलाई बोल्ड र सहरिया युवतीको रुपमा फिल्ममा देखाएको अनुमान गर्न सकिन्छ । अरुण भने साधारण पात्रको रुपमा देखिएका छन् ।
काठमाडौँं, धनगढी र कर्णालीमा सुटिङ गरिएको फिल्ममा अरुण, शुभेक्षा र सृष्टिका अलावा विमला केसी, हिउँवाला गौतम, पुरण जोशी, सविन बास्तोला, रोशनी स्याङबो, प्रकाश बस्नेत, महान थापा, सुरेन्द्र बसेल, भिभियाना थपलिया (काजु) को अभिनय छ ।
‘प्रेमा’ गोविन्दसिंह भण्डारी र विवेक घिमिरेले निर्माण गरेका हुन् । सामर्थ्य विक्रम थापाको कार्यकारी निर्माता रहेको फिल्ममा सुशान्त गौतमको संगीत, सुशान्त, सबिन एकतारे र अनिल शर्माको गीत छ । फिल्मलाई उपत्यकामा जीजीए ग्रुप र उपत्यका बाहिर एफडी कम्पनीले वितरण गर्दैछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कास्की अदालतमा बहस : ‘थाहा छैन’ संगठित अपराधको ‘कोड ल्याङ्वेज’ त होइन ?
-
१० बजे १० समाचार : सीके र रेशम मिल्दै, वामदेवलाई मागेको पद दिन अनकनाए माधव
-
सुदूरपश्चिममा पाँच हजार किलोमिटर सडक निर्माण गर्न गुरुयोजना तयार
-
टिपरको ठक्करबाट पैदलयात्रीको मृत्यु
-
१२ अर्ब बजेटको समीक्षामा खर्बौंका आयोजनामाथि बहस
-
लक्ष्मी स्टील्समा क्रेनले च्यापिएर एक मजदुरको मृत्यु