महासचिव गुरुङले भने– अखिल क्रान्तिकारीको विवाद आधिकारिक कमिटीले टुंगो लगाउँछ

काठमाडौँ । नेकपा माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरुङले अखिल क्रन्तिकारीको विवाद अखिल क्रान्तिकारीको आधिकारिक कमिटीले टुंगो लगाउने बताएका छन् । माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीमा समानान्तर कमिटी सञ्चालन भई अराजकता निम्तिन थालेपछि संगठन एक बनाउन स्थायी समितिले निर्देशन दिएको गुरुङले बताए ।
अहिलेकै कमिटीमा सबै संगठन एकीकृत भएमा त्यसरी सहमति गरेर जाने निर्णय भएको गुरुङले बताए । यदि अहिलेको कमिटीमा सबै संगठन एकीकृत हुन नसकेमा कुनै एक नेताको नेतृत्वमा आयोजक समिति बनाएर जान निर्देशन दिएको उनले बताए ।
‘संगठन एकीकृत बनाएर जाने सवालमा विद्यार्थी संगठनले गरेको निर्णय नै आधिकारिक हुने भएको छ । अहिले विद्यार्थीको निर्णय विद्यार्थीमै गएर गर्ने हो । पार्टीले पहल गर्ने कुरा २ भन्दा बढी समानान्तर कमिटी बनाउनुहुँदैन भन्ने हो । यसरी अलग थलग तरिकाले संगठन बनाउनु राम्रो हुँदैन’ रातोपाटीसँग कुरा गर्दै गुरुङले भने, ‘अब सबैलाई बोलाएर एउटै संरचनामा ल्याउन पहल हुनेछ । सबैलाई पुरानै संरचनमा सहमति जुटाउँदा सहमति भएमा राम्रो भयो । यदि सहमति भएन भने कुनै एक जनाको नेतृत्वमा आयोजक समिति बनाएर जाने अवस्थामा जाने हुनसक्छ ।’
पहिलेकै कमिटीमा संगठन एकीकृत हुन नसकेमा कुनै एक नेताको नेतृत्वमा आयोजक समिति बनाएर सम्मेलनमा जाने तयारी भैरहको महासचिव गुरुङले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विराटनगरको अरनिको कलेजले जित्यो हिसान क्रिकेटको उपाधि
-
माओवादीमा लागेको रोगको उपचार गर्ने ठाउँ नभएकाले फेरि जनतामा आयौँ : प्रचण्ड
-
विरोधको सूचना दर्ता गर्ने दाहाल प्रतिनिधिसभामा अनुपस्थित
-
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय
-
१० निर्माण कम्पनी सार्वजनिक खरिद अनुगमन कार्यालयको कालोसूचीमा
-
नेपालमा व्यवस्था बदल्ने बेला आयो : राणा