जापानमा थोक मूल्य ९.५ प्रतिशतले बढ्यो

टोकियो । जापानको थोक मूल्य गत जनवरीमा अघिल्लो वर्षको तुलनामा ९.५ प्रतिशतले बढेको छ ।
उच्च ऊर्जा र कच्चा पदार्थमा भएको वृद्धिले यसको मूल्यमा प्रत्यक्ष असर गरेको हो ।
विभिन्न कम्पनीहरूबीच कारोबार हुने सामानको मूल्य लगातार २३ औं महिनामा बढेको बीओजेले बताएको छ । योसँगै डिसेम्बरमा वृद्धिदर १०.५ प्रतिशतले बढेको उल्लेख गरिएको छ ।
उक्त अवधिमा आयात मूल्य एक वर्ष अघिको तुलनामा १७.८ प्रतिशतले बढेको छ ।
जापानी मुद्रा येनको कमजोरीले अमेरिकी डलरको तुलनामा अघिल्लो महिनाको तुलनामा कम भए पनि लागत बढाउन प्रयास जारी राखिएको केन्द्रीय बैंकले जनाएको छ।
निर्यात मूल्य येनको सर्तमा, रेकर्डिङ अवधिमा ९.० प्रतिशतले बढेको बीओजेले जनाएको छ ।
कर्पोरेट वस्तुहरूको मूल्य सूचकाङ्कमा भएको वृद्धि विशेषगरी विद्युत्, सहरी ग्यास र पानी लगायतका वस्तुहरूको मूल्यमा ४९.७ प्रतिशतले वृद्धि भएको बीओजेको तथ्याङ्कले देखाएको छ।
फलाम र इस्पातको मूल्य १९.२ प्रतिशतले बढेको छ भने खाद्यान्न र पेय पदार्थको मूल्य भने यस अवधिमा ८.० प्रतिशतले बढेको बीओजेले जनाएको छ। (रासस-सिन्ह्वा)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
धनगढी हाफ म्याराथनको उपाधि सेनाका खड्कालाई
-
अस्ट्रेलियामा नयाँ प्रजातिका ‘विशबोन’ माकुरा फेला
-
गायक आचार्यको नयाँ म्युजिक भिडियो सार्वजनिक
-
राष्ट्रपति पौडेलद्वारा हल्चोक आकाश भैरवको १२ वर्षे जात्रा शुभारम्भ
-
नारायणघाट–बुटवल सडकखण्ड आजदेखि रातको समयमा बन्द हुने
-
१० बजे १० समाचार : एमाले बैठकमा ज्ञानेन्द्र र प्रचण्डको चर्चा, भारतमा दुर्गा प्रसाईंले क–कसलाई भेटे ?