चार कम्युनिस्ट पार्टी एकता गर्न फागुन १५ मा बैठक
काठमाडौँ । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीसहित चार कम्युनिस्ट पार्टीबीच पार्टी एकताका लागि आगामी फागुन १५ गते संयुक्त बैठक बस्ने भएका छन् । शुक्रबार नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय कार्यालय बुद्धनगर काठमाडौँमा बसेको ती पार्टीहरूका बैठकले यस्तो निर्णय गरेको हो । बैठकले देशको वर्तमान राजनैतिक अवस्थाको विश्लेषण गर्दै स्थिति चरम सङ्कट र गम्भीर अवस्थामा रहेको निष्कर्ष निकालेको छ ।
‘नेपालको क्रान्तिकारी कम्युनिस्ट आन्दोलन र देशको सङ्कटपूर्ण अवस्थालाई दृष्टिगत गरी चार पार्टीको बीचमा पार्टी एकता एवं क्रान्तिकारी ध्रुवीकरणको निम्ति समय निर्धारण गरी बहस छलफल आरम्भ गर्ने, संयुक्त मोर्चालाई थप व्यवस्थित गर्ने निर्णय लिइएको छ’बैठकपछि जारी संयुक्त विज्ञप्तिमा भनिएको छ । विप्लव नेतृत्वको नेकपा,ऋषि कट्टेल
नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी, आहुती नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी र कर्णजीत बुढाथोकी नेकपा समाजवादी माओवादीबीच पार्टी एकताको पहल भएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँ–१६ मा स्वतन्त्र उम्मेदवार पन्तको साथ रास्वपालाई
-
‘कहाँबाट निम्ता आयो, कहाँबाट आएन भनेर गिर्नुपर्ने अवस्था आयो’
-
सबै संघीय अस्पतालमा विद्युतीय हाजिरी अनिवार्य गर्न स्वास्थ्य मन्त्रालयको परिपत्र
-
अफगानिस्तानपछि नेपालले बलियो दक्षिण अफ्रिकालाई पनि हरायो
-
वैदेशिक रोजगारीमा जाने श्रमिकहरू मिटरब्याजीको ट्र्यापमा परे : श्रममन्त्री भण्डारी
-
विद्यार्थी घटेपछि बागलुङका १० विद्यालय बन्द