निमावि तह शिक्षकको विज्ञापन खुल्यो
काठमाडौँ । शिक्षक सेवा आयोगले निम्न माध्यमिक तह, तृतीय श्रेणी, शिक्षक पदको प्रतियोगितात्मक परीक्षाको विज्ञापन गरेको छ । आयोगले खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाबाट स्थायी पदपूर्तिका लागि विज्ञापन गरेको हो । न्यूनतम योग्यता पुगेका इच्छुक उम्मेदवारबाट माघ २७ गतेदेखि अनलाइनमार्फत आवेदन पेस गर्नुपर्ने आयोगले जनाएको छ ।
आयोगले खुला र समावेशी तर्फ गरेर १ हजार ५६ सिटका लागि विज्ञापन आह्वान गरेको हो । जसमा ४१४ जनाका लागि खुला र ६४२ जनाका लागि समावेशी तर्फ रहेका छन् । अघिल्लो वर्ष छनौट हुन नसकेका विभिन्न विषयका ७६२ सिटमा पुनः विज्ञापन गरिएको छ । आयोगले यो वर्षको नयाँ कोटामार्फत २९४ जनाको मात्रै विज्ञापन आह्वान गरेको हो । गणित विज्ञान विषयका लागि आह्वान गरेका ३५१ सिट नै गत वर्ष पदपूर्ति हुन नसकेको कोटा हुन् ।
आयोगले नेपाली विषयका लागि खुला र समावेशी गरी ६५ सिटका लागि विज्ञापन गरेको छ । जसमा ३६ जना खुला र २९ जना समावेशी तर्फ छन् । त्यस्तै अंग्रेजी विषयका लागि ११६ सिटका लागि विज्ञापन गरिएको छ । जसमा ५१ जना खुला र ६५ जना समावेशी तर्फ छन् । गणित विषयका लागि १४४ जनाको लागि विज्ञापन गरिएकोमा २९ जना खुला र ११५ जना समावेशी तर्फ छन् । विज्ञान विषयका लागि २८२ जना माग गरिएको छ । जसमा ६९ जना खुला र २१३ जना समावेशी तर्फ छन् ।
त्यस्तै सामाजिक विषयमा ८९ जना माग गरिएको छ । जसमा ४८ जना खुला र ४१ जना समावेशी तर्फका छन् । शुक्लयजुर्वेदका लागि १, गणित विज्ञानका लागि ३५१ जना माग गरिएको छ । जसमा १७२ जना खुला र १७९ जना समावेशी तर्फका छन् । त्यस्तै संस्कृत व्याकरणतर्फ ३, संस्कृत भाषातर्फ ४ र संस्कृत कर्मकाण्डतर्फ १ जनाका लागि विज्ञापन गरिएको छ ।
फागुन २८ गतेसम्म दरखास्त बुझाउन सकिनेछ । भने दोब्बर दस्तुर तिरेर चैत ५ गतेसम्म बुझाउन सकिने आयोगले जनाएको छ । १८ वर्ष पुरा भई ४० वर्ष ननाघेको उम्मेदवारले आवेदन दिन सकिने आयोगले जनाएको छ । लिखित परीक्षा सामान्य तर्फको ९ वैशाख २०८० मा हुनेछ । भने विषयगततर्फको परीक्षा सामान्य विषयको नतिजा प्रकाशन भएपछि तोकिने आयोगले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अदालत पुग्दैनन् घरेलु हिंसाका अधिकांश उजुरी
-
सुदूरपश्चिम रोयल्स र माया मेट्रो अस्पतालबिच प्रायोजन सम्झौता
-
रास्वपाका नेता परियारले भेटे प्रधानमन्त्री
-
सुन वितरणमा हुँदै आएको सिन्डिकेट हटाउन सर्वोच्चले दियो अन्तरिम आदेश
-
उपनिर्वाचनको पूर्व सन्ध्यामा माओवादी केन्द्रले बोलायो पदाधिकारी बैठक
-
स्मरण शक्तिलाई धारिलो बनाउँछन् यस्ता बानीले