भारतीय कलाकार ब्रह्मानन्दम्काे शिरमा नेपाली ढाका टोपी
काठमाडौंँ । अभिनेत्री नीता ढुङ्गानाको निर्माण रहेको फिल्म ‘ह्रस्व–दीर्घ’ को भारतको हैदरावादस्थित रामोजी स्टुडियोमा छायाङ्कन भइरहेको छ । केही दिन अगाडि एक कार्यक्रम सहित फिल्मको छायाङ्कन सुरु भएको हो ।
फिल्ममा भारतीय कलाकार ब्रह्मानन्दम् र अलीको पनि अभिनय छ । निर्माण युनिटले फिल्म छायाङ्कनको एक तस्बिर सार्वजनिक गरेको छ । तस्बिरमा नेपाली कलाकारका रवीन्द्र झोका साथमा ब्रह्मानन्दम र अली रहेका छन् । ब्रह्मानन्दम्काे शिरमा ढाकाटोपी पनि देख्न सकिन्छ । उनले फिल्म अभिनयको सिलसिलामा नेपाली ढाका टोपी लगाएका हुन् । कुर्ता र धोतीमा प्रस्तुत ब्रह्मानन्दम्लाई नेपाली ढाका टोपीमा राम्रो देखिएको छ ।
भारतको तामिल र तेलुगु फिल्म मार्फत नेपालमा समेत ब्रह्मानन्दम् र अलीको प्रशंसक धेरै छन् । फिल्मका निर्देशक चन्द्र पन्त हुन् । ‘फिल्म बाह्र दिनसम्म रामोजी स्टुडियोमै छायाङ्कन हुनेछ । त्यसपछि आग्रास्थित ताज महल र नेपालमा छायाङ्कन गर्ने तयारी गरेका छौँ’ निर्माता नीताले बताइन् । युवापुस्ताको प्रेमलाई विम्ब बनाएर कथा तयार गरिएको चलचित्रमा नेपाली कलाकार सरोज खनाल, बिपना थापा, हरिहर अधिकारी, आयुश मिश्रालगायतको अभिनय समेत रहनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वीरगञ्ज भन्सार : पेट्रोलियम पदार्थबाट ३७ अर्ब राजस्व सङ्कलन
-
कपिल शर्मा, राजपाल यादव, सुगन्ध मिश्रा र रेमो डिसुजालाई ज्यान मार्ने धम्की
-
जनता र विकासलाई केन्द्रमा राखेर काम गर्नुपर्छ : राष्ट्रपति पौडेल
-
छ महिनामा जीवनबीमा कम्पनीले उठाए ८१ अर्ब प्रिमियम
-
शुक्रराज शास्त्रीको सालिकमा माल्यार्पण गर्दै सुरु भयो शहीद सप्ताह
-
कृषि विश्वविद्यालयमा डीन नियुक्त