राजनीति
उच्चस्तरीय संयन्त्रको बैठकमा भएन राष्ट्रपतिबारे छलफल
रास्वपालाई सरकारमा आउन आग्रह
शुक्रबार, २७ माघ २०७९, ११ : ४९
![उच्चस्तरीय संयन्त्रको बैठकमा भएन राष्ट्रपतिबारे छलफल](https://npcdn.ratopati.com/media/news/gathbandan_89YVEgofO3_XjhXKOZsJA.jpg)
काठमाडौँ । सत्ता गठबन्धनको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकमा मन्त्रिपरिषद्लाई पूर्णता दिने विषयमा छलफल भएको छ । शुक्रवार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको संयन्त्रको बैठकमा सरकार सञ्चालनको विषयमा छलफल भएको हो । राप्रपा अध्यक्ष समेत रहेका उपप्रधान तथा उर्जामन्त्री राजेन्द्र लिङदेनले राष्ट्रिय स्वतन्त्र पार्टीलाई सरकारमा फर्काउने विषयमा छलफल भएको बताए ।
उनले रातोपाटीलाई भने, ‘यस विषयमा आज छलफल भएको छ । विगतको समीक्षा र आगामी योजनाबारे पनि छलफल भयो ।’ संयन्त्रको बैठकमा राष्ट्रपतिको उम्मेदवारबारे भने कुनै छलफल नभएको उनले बताए । उनले भने, ‘ राष्ट्रपतिको उम्मेदवारबारे पुस १० गते भएको सहमति छँदै छ । आज कुनै छलफल भएन ।’ सत्ता घटक जसपा, जनमत र नागरिक उन्मुक्ति पार्टी आजको संयन्त्रको बैठकमा अनुपस्थित थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सनम तेरी कसम–२ बनाउने तयारी
-
दक्षिण कोरियामा शिक्षिकाद्वारा ८ वर्षीया बालिकाको हत्या
-
खेतबारीमा आएका बाँदर र बँदेल लखेट्दा मरेको खण्डमा कानुनी कारबाही हुन्छ ?
-
गोकुल बास्कोटाको कटाक्ष : चार प्रधानमन्त्री फेरिए‚ चार किलोमिटर बाटो बनेन
-
५.७८ प्रतिशतले बढ्यो चन्द्रागिरि हिल्सको नाफा
-
समिति बैठकमा उद्योग मन्त्री र सांसदबिच चर्काचर्की