टर्की–सिरिया भूकम्पमा परी हालसम्म २० हजारभन्दा बढीको मृत्यु

टर्की र सिरियामा सोमबार गएको शक्तिशाली भूकम्पमा हालसम्म २० हजारभन्दा बढीको मृत्यु भएको छ । यसैबीच, संयुक्त राष्ट्रले प्रकोपको पूर्ण सीमा अझै अस्पष्ट भएकाे चेतावनी दिएको छ ।
दुवै देशमा राहत र उद्धारको काम द्रुत गतिमा भइरहेको भए पनि अहिले भूकम्प गएको सय घण्टाभन्दा बढी समय बितिसकेको छ र भग्नावशेषमा पुरिएका मानिस जिउँदो हुने आशा कम हुँदै गएको छ ।
यसैबिच, कडा चिसोले भूकम्पबाट बाँचेका हजारौँ जनताका लागि नयाँ चुनौती खडा गरेको छ । यहाँ बस्ने ठाउँबाहेक खानेकुराको चरम अभाव भइरहेको छ ।
संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेसले यस प्रकोपको पूर्ण तस्बिर अझै खुल्न नसकेको बताएका छन् । विशेष गरी विगत केही वर्षदेखि गृहयुद्धको मार झेलिरहेको सिरियामा ।
यसैबिच, विश्व स्वास्थ्य सङ्गठनले यदि बाँचेकाहरूलाई खाना, पानी, औषधि र आश्रय जस्ता सहायताहरू ‘तीव्र रूपमा पुर्याइएन’ भने, अर्को प्रकोप आउन सक्ने चेतावनी दिएको छ ।
टर्कीका राष्ट्रपति रेसेप तैय्यप अर्दोआनले दक्षिणी टर्कीका १० प्रान्तमा तीन महिनाको आपत्काल घोषणा गरेका छन् र भूकम्पलाई ‘शताब्दीकै प्रकोप’ भनेका छन् ।
ओस्मानिये प्रान्तमा भइरहेको राहत तथा उद्धार कार्यको समीक्षा गरेपछि उनले भने, ‘यस भूकम्पले ठुलो जनधनको क्षति भएको छ, यसलाई शताब्दीकै विपत्ति भन्न सकिन्छ । राहत र उद्धार कार्यमा सहयोग गर्न हजारौँ मानिस अगाडि आए । देशका विभिन्न भाग र अन्य मुलुकबाट पनि यस क्षेत्रमा सबै प्रकारका सहयोग र सवारीसाधन ल्याइएको छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
किसानको बक्यौता भुक्तानी गर्न दुग्ध उत्पादक सहकारीको आग्रह
-
घर सजाउने सौखले रोपेको फूल बन्यो आम्दानीको स्रोत
-
१२ बजे, १२ समाचार : ताप्लेजुङमा हट्यो निषेधाज्ञादेखि प्रकृति लम्साल मृत्यु प्रकरणको थप जानकारीसम्म
-
हट्यो ताप्लेजुङमा जारी निषेधाज्ञा
-
मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा सार्वजनिक, के–के छन् नयाँ व्यवस्था (पूर्णपाठसहित)
-
पशुपतिमा चुस्त सुरक्षा व्यवस्थापन : महँगा गहना लगाएर नआउन अनुरोध