विवेकशील साझा पार्टीको महाधिवेशन आजबाट
शुक्रबार, २७ माघ २०७९, ०६ : ३४

काठमाडौँ । विभिन्न चिरामा छिन्न भिन्न भएका विवेकशील साझा पार्टीको पहिलो महाधिवेशन आजबाट सुरु हुँदैछ। काठमाडौँको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा बिहान १० बजे महाधिवेशन उद्घाटन गर्ने कार्यक्रम तय गरिएको सो पार्टीका नेता मिलन पाण्डेले जानकारी दिए ।
उनका अनुसार पार्टी केन्द्रीय नेता केशव दाहालको नेतृत्वमा पाँच सदस्यीय निर्वाचन समिति बनाएर महाधिवेशन तयारी गरिएको हो । महाधिवेशनले नयाँ नेतृत्वसमेत चयन गर्नेछ ।
महाधिवेशनको राजनीतिक दस्ताबेजका लागि केशव दाहाल तथा प्रस्तावित विधानका लागि रमेश पौडेलले प्रस्ताव पेस गर्ने पाण्डेले जानकारी दिए । उनका अनुसार महाधिवेशन पछि विवेकशील बहु पदीय प्रणालीमा जानेछ ।
शुक्रवारदेखि सुरु हुने महाधिवेशनमा देशभरबाट करिब एक हजार जना महाधिवेशन प्रतिनिधि सहभागी हुनेछन्। महाधिवेशन शनिवारसम्म चल्नेछ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संविधानको पूर्ण कार्यान्वयनमार्फत पहिचानको मुद्दा सम्बोधन गर्न सकिनेछ : प्रचण्ड
-
ललितपुर महानगरपालिकाले भत्कायो घर-टहरा (तस्बिरहरु)
-
धौलागिरिका दुर्गम गाउँमा पुग्यो सडक
-
५ बजे मन्त्रिपरिषद् बैठक, हटाइएलान् कुलमान ?
-
पोखरामा पहिलो पटक त्रिदेशीय पर्यटन प्रदर्शनी, भारत र चीनका पर्यटक भित्र्याउने उद्देश्य
-
कृष्णकुमारको १० बुँदामा एकीकृत समाजवादीको समीक्षा (पूर्णपाठ)