गाडीका पार्टपुर्जाहरूको अवैध ओसारपसार र कारोबारमा वृद्धि
_XusDmfWPqD.jpg)
काठमाडौँ । नेपाल र छिमेकी मुलुक भारतको खुल्ला सिमानाको फाइदा उठाउँदै पछिल्लो समय गाडीका पार्टपुर्जाहरूको अवैध ओसारपसार तथा कारोबारमा वृद्धि भएको छ । जसका कारण वैधानिक रूपमा कर तिर्ने व्यवसायीहरू मारमा परेका छन् भने राज्यलाई प्राप्त हुने राजश्वको ठुलो हिस्सा पनि गुमिरहेको छ ।
विश्वव्यापी महामारी कोभिड १९ का कारणले आक्रान्त भएका व्यवसायीहरू बैङ्किङ नीतिमा आएको नीतिगत परिवर्तन तथा चर्को ब्याजले व्यवसाय धान्न मुस्किल भएको अवस्थामा यस किसिमका अवैध कारोबारका कारणले व्यवसायीहरू व्यवसायबाट नै पलायन हुने अवस्थामा पुगेका हुन् ।
यस समस्याका कारण व्यवसायीहरू मात्र मारमा परेको नभई राष्ट्रलाई नै हानी भइरहेको सन्दर्भमा नेपाल अटो मेकानिक्स व्यवसायी महासङ्घ र बुटवल अटो इन्जिनियरिङ एसोसिएसनले संयुक्त रूपमा जिल्ला प्रशासन कार्यालय, रुपन्देहीमा ज्ञापन पत्र बुझाएका छन् ।
व्यवसायी र राज्य दुवै पक्ष मारमा परेको कारण यसलाई साझा समस्याको रूपमा लिई सरोकारवाला निकाय, सङ्घसंस्था, भन्सार विभाग तथा प्रहरी प्रशासनको संयुक्त पहलमा अवैध कारोबारलाई निरुत्साहित गर्ने र अवैध कारोवारीहरुलाई कारबाहीको दायरामा ल्याउनुपर्ने कुरा उक्त ज्ञापन पत्रमा जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फराकिलो जित निकाल्दै च्याम्पियन्स लिगको क्वार्टरफाइनल पुग्यो आर्सनल
-
बोरुसिया डर्टमण्ड च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा, अबको भिडन्त बार्सिलोनासँग
-
जलवायु सम्बन्धि कार्यक्रममा सहभागी हुन वनमन्त्री शाही बेलायत प्रस्थान
-
१२ बजे, १२ समाचार : सरकार बनेको ८ महिना वित्दा समेत देखाएनन् मन्त्री र प्रधानमन्त्रीले सम्पत्तिदेखि अमेरिकाको नयाँ कीर्तिमानसम्म
-
कर्णालीका चार सय ४४ बालबालिका बालगृहमा
-
मेचीनगर गोल्डकप : धरानलाई हराउँदै काँकडभिट्टा फाइनलमा