कराते प्रतियोगितामा पुलिसलाई तीन स्वर्ण

ललितपुर । कृष्णप्रसाद भट्टराई स्मृति कराते प्रतियोगितामा विभागीय टोली नेपाल पुलिस क्लबले तीन तथा एपिएफ क्लबले दुई स्वर्ण पदक जितेका छन् ।
ललितपुरको सातदोबाटोस्थित कराते एकेडेमीको हलमा आज भएको उक्त प्रतियोगितामा महिला एकल कातामा पुलिसकी चन्चला दनुवारले स्वर्ण पदक जित्नुभयो भने उहाँ सम्मिलित टोलीले टिम कातामा पनि स्वर्ण पदक जितेको हो ।
कुमुतेतर्फ पुलिसकी पुष्पका लामाले ४५ केजी तौल समूहमा स्वर्ण पदक जितिन् । पुष्पकाले फाइनलमा त्रिभुवन आर्मी क्लबकी ममता महर्जनलाई ४–१ ले हराइन् । एपिएफकी दीपा लामा र प्रदेश १ की प्रतिममा राईले कास्य पदक जितिन् ।
महिला एकल कातामा कर्णालीकी एलिशा मगरले रजत तथा बागमतकी मीरा खाती र प्रदेश १ की रोश्मा राईले कास्य पदक जितिन् । महिला टिम कातामा आर्मीले रजत तथा एपिएफ र बागमतीले कास्य पदक जित्यो ।
पुरुषतर्फ एपिएफका सोनिम मानन्धरले पुरुष एकल कातामा र उनी सम्मलित टोलीले टिम कातामा स्वर्ण पदक जित्यो । एकल कातामा पुलिसका महसुस मोक्तानले रजत तथा बागमतीका रेहान जाभेद र आर्मीका विजय लिम्बूले कास्य पदक जिते । गोदावारी नगरपालिकाद्वारा आयोजित कृष्णप्रसाद भट्टराई खेल महोत्सव–२०७९ अन्तर्गत नेपाल कराते महासङ्घ जिल्ला प्रमुख डोजो ललितपुरले सञ्चालन गरिरहेको राष्ट्रिय कराते प्रतियोगितामा विभिन्न १० टोलीको सहभागिता रहेको छ । प्रतियोगिता यही माघ २८ गतेसम्म चल्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१० बजे १० समाचार : ह्वाइट हाउसमा चर्काचर्की, काठमाडौँ महानगरमा असन्तुष्टि
-
अरुण प्रवेश मार्ग : रकम अभावपछि मुआब्जा वितरण रोकियो
-
सिन्धुलीमा चट्याङ लागेर तीन जना घाइते
-
एमाले मोरङको अधिवेशनमा आएनन् ओली र पोखरेल, बादलले गरे उद्घाटन
-
भीम विराग प्रतिष्ठानद्वारा विभिन्न विधाका ११ जना सम्मानित
-
आर्मी र बागमती आईटीएफ तेक्वान्दो च्याम्पियन