ऐन पास गर्न नसक्दा चलचित्र क्षेत्रको विकास भएनः भुवन केसी

काठमाडौँ । चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले सरकारले नेपाली चलचित्र ऐन पास गर्न नसक्दा चलचित्र क्षेत्रले विकासमा फड्को मार्न नसकेको बताएका छन् । बिहीवार काठमाडौंमा चलचित्र प्राविधिक संघको आयोजनामा भएको आयोजित ११ औं नेफ्टा अवार्ड उद्घाटन कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।
अध्यक्ष केसीले चलचित्र विकास बोर्ड नेपाली चलचित्रहरु अन्तर्राष्ट्रिय स्तरमा चलोस्, कला संस्कृति विश्वमा फैलियोस्, भाषा र चलचित्रको माध्यमबाट नेपाली पर्यटन क्षेत्रमा पनि टेवा पुगोस् भन्ने हेतुले लागिपरेको बताए । उनले चलचित्र क्षेत्रको विकास गर्न भनेर नै आफू रिटायर्ड हुने बेलामा जागिर खान चलचित्र विकास बोर्ड आएको बताए ।
उनले भने, ‘आजको दिनमा हाम्रो एउटा मात्रै उद्देश्य र लक्ष्य भनेको नेपाली चलचित्रहरु अन्तर्राष्ट्रिय स्तरमा चलोस्, कला संस्कृति विश्वमा फैलियोस्, भाषा र चलचित्रको माध्यमबाट नेपाली पर्यटन क्षेत्रमा पनि टेवा पु¥याओस् । नेपाली चलचित्र अहिलेसम्म विकास नहुनुको खास कारण चलचित्र ऐन, २०२६ सालमा बनेको थियो, अहिलेसम्म त्यही चलिरहेको छ । त्यसको संशोधन हुन नसक्नु हो । अब पनि यो ऐन पास भएन भने चलचित्र विकासले फड्को मार्न सक्दैन । चलचित्र विकास र प्रवद्र्धनको लागि मरिमेटेका छौँ । चलचित्र क्षेत्रकै विकासका लागि रिटायर्ड हुने बेलामा जागिर खान आएको छु । चलचित्र क्षेत्रमा केही गर्न सकुँ भनेर नै त्यहाँ गएको हुँ । अमेरिकामा गएर नेपाली चलचित्रको बारेमा कार्यक्रम गर्नु नै फलामको चिउरा चपाए सरह छ ।’
अध्यक्ष केसीले चलचित्र प्राविधिक संघले नेपाली चलचित्रको विकास र प्रवद्र्धनका लागि नेफ्टा अवार्ड अमेरिकामा गर्न लागेको भन्दै अमेरिकामा नेपालले गएर कार्यक्रम गर्नु नै फलामको चिउरा चपाए सरह रहेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अरब राष्ट्रले गरे इजरायलको आलोचना
-
हिमपातले विद्यार्थी बिरामी, पठनपाठन प्रभावित
-
तीन सन्तान र पति छाडेर प्रेमीसँग गएकी महिलाले भिडियोमार्फत दिइन् चेतावनी
-
प्रमुख प्रशासकीय अधिकृत छानबिन कार्य खुलाउन काठमाडौँ महानगरलाई मन्त्रालयको पत्र
-
पार्टीभित्र रहेका मतभेदलाई हटाएर विश्वासको वातावरण बनाउनुपर्छ : सभापति देउवा
-
निरन्तर दश दिन बढेपछि सेयर बजारले लियो विश्राम, कारोबार झनै बढ्यो