पारस खड्का बने हेल्थ एट होमको सद्भावना दूत
बिहीबार, २६ माघ २०७९, १६ : ३०
![पारस खड्का बने हेल्थ एट होमको सद्भावना दूत](https://npcdn.ratopati.com/media/news/viber_image_2023-02-09_15-11-08-623_RD8Ce9pMyY.jpg)
काठमाडौँ । नेपाली क्रिकेटका पूर्व कप्तान पारस खड्का हेल्थ एट होम/मेड प्रो. इन्टरनेशनलको सद्भावना दूतका रूपमा आबद्ध बनेका छन् ।
खड्कालाई हेल्थ एट होमका संस्थापक डा. विशाल ढकालले सद्भावना दूतका रूपमा आबद्ध गराएका हुन् । हेल्थ एट होमले कोभिडको समयमा पनि पारस खड्कासँग सहकार्य गरेको थियो ।
सद्भावना दूतका रूपमा आबद्ध गराइसकेपछि हेल्थ एट होमका संस्थापक विशाल ढकालले भने, “हामी उहाँको समर्थन प्राप्त गर्न पाउँदा भाग्यशाली ठानेका छौँ । जब मैले सोधेँ की, यदि उहाँले हाम्रो लागि प्रशंसा र प्रवर्द्धन गर्न सक्नुहुन्छ ? उहाँ आफै आएर हाम्रो कामको समर्थन गर्नुभयो र हाम्रो टिमको लागि समय उपलब्ध गराइदिनुभयो । पारसले पारिश्रमिक वा बिना सम्झौता हाम्रो सद्भावना दूतको रूपमा यो भूमिका लिनुभएको छ । उहाँ दयालु र नम्र हुनुहुन्छ ।”
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भक्तजनद्वारा पशुपतिनाथको छाया दर्शन
-
देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव, यी तीन प्रदेशमा हिमपातको सम्भावना
-
गौशालाका गाईलाई छैन आहारा
-
माघ शुक्ल पूर्णिमा : आज स्वस्थानी व्रतको समापन
-
नारायणको बार आज कसलाई कति फलदायी ? हेरौँ राशिफल
-
च्याम्पियन्स लिग : नकआउट चरण प्लेअफको पहिलो लेगमा रियाल विजयी, दबाबमा म्यान्सिटी