राजनीति
संयन्त्रको बैठक स्थगित गरेर ओली र प्रचण्ड छलफलमा
बिहीबार, २६ माघ २०७९, १५ : ५६

काठमाडौं । सत्ता गठबन्धनको उच्चस्तरीय समयन्त्रको बैठक स्थगित भएको छ ।
बिहीबार दिउँसो तीन बजेका लागि बोलाइएको बैठक स्थगित भएको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सचिवालयले जनाएको छ ।
सयन्त्रको बैठक स्थगित गरेर प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष केपी शर्माबीचबीच सिंहदरबारमा छलफल भइरहेको छ ।
प्रधानमन्त्रीको सचिवालयका अनुसार सुदूरपश्चिम प्रदेश सरकारका विषयमा छलफल भइरहेको छ । मुख्यमन्त्री राजेन्द्रसिंह रावलले बिहीबार विश्वासको मत नदिए सरकार ढल्ने खतरा छ ।
सत्ता घटक नागरिक उन्मुक्ति पार्टीले आफ्नो माग सम्बोधन नभएसम्म विश्वासको मत नदिने अगाडि लिएपछि ओली र प्रचण्ड छलफलमा जुटेका हुन् ।
नाउपाका संरक्षक रेशम चौधरीसहितको मुद्दा फिर्ता लिनुपर्ने माग राखेको छ । नाउपामा सांसद यतिबेला काठमाडौंमा छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ओबिएस सिष्टममा समस्या आएर ससद् बैठक लाइभ हुन सकेनः संसद् सचिवालय
-
नापी कार्यालयको बोर्डमा लेखियो- आई लभ यु प्रमीला...
-
केपी ओलीको रेल सपना र वास्तविकता
-
सूचना टाँसेर ४ बजेका लागि सारियो प्रतिनिधिसभा
-
प्रदर्शनमा भएका घटनाको नैतिक जिम्मेवारी पूर्वराजाले लिनुपर्छः विश्वप्रकाश शर्मा
-
३२.२४ अंकले सेयर बजार बढ्यो, कारोबार साढे ७ अर्बभन्दा माथि