नाडाद्वारा ट्राफिक प्रहरीलाई सहयोग
![नाडाद्वारा ट्राफिक प्रहरीलाई सहयोग](https://npcdn.ratopati.com/media/news/Traffic-Group-Photo_8tLzI5hN9B.jpg)
काठमाडौँ । नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपालले ट्राफिक प्रहरीलाई सहयोग गरेको छ । बुधबार एक कार्यक्रमका बीच नाडाले काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख मिरा चौधरीलाई राजधानीको सेण्ट्रल ट्राफिक मोनिटरिङ्गका लागि पाँच थान हाईटेक एडभान्स सिपियु तथा त्यससँग सम्बन्धित उपकरणहरू हस्तान्तरण गरेको हो । त्यसै क्रममा नाडाले १०० थान ट्राफिक रिफलेक्टर ज्याकेट पनि हस्तान्तरण गरेको जनाइएको छ ।
सो कार्यक्रमको क्रममा राजधानीको ट्राफिक व्यवस्थापन तथा पार्किङ्गका सम्बन्धमा के कसरी अघि बढ्ने भन्ने विषयमा समेत छलफल गरेको छ । सो अवसरमा नाडाका अध्यक्ष ध्रुव थापाले नाडाको सामाजिक उत्तरदायित्व अन्तर्गत यो सहयोग प्रदान गरिएको बताए ।
नाडाका अध्यक्ष थापाले नाडाले राजधानीको ट्राफिक व्यवस्थापनलाई चुष्ट बनाउन विगतको समयदेखि विभिन्न भौतिक सहयोग प्रदान गर्दे आएको र आजको यस हस्तान्तरण कार्यक्रम पनि त्यसको निरन्तरता भएको बताए ।
उक्त हस्तान्तरण कार्यक्रममा नाडाका उपाध्यक्ष राजनबाबु श्रेष्ठ, महासचिव सुरेन्द्रकुमार उप्रेति, कोषाध्यक्ष मिलनबाबु मल्ल, सहकोषाध्यक्ष पंकज अग्रवाल, केन्द्रीय कार्य समिति सदस्यद्वय प्रकाश कपुरी तथा पुष्कर ओझा समेतको उपस्थिति रहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
२१ वटा बस्तुमा नेपाल गुणस्तर कायम
-
प्रधानमन्त्रीसँग शान्तिका लागि संसदीय मञ्चका अन्तर्राष्ट्रिय अध्यक्षको शिष्टाचार भेट
-
ताइवानको डिपार्टमेन्ट स्टोरमा ग्यास विस्फोटः ४ को मृत्यु, २६ जना घाइते
-
सार्वजनिक संस्थानमध्येकै राम्रो नेप्से पुनर्संरचना किन आवश्यक ?
-
अखिल क्रान्तिकारीद्वारा माइतीघर मण्डलमा दीप प्रज्वलन, तस्बिरहरू
-
पोखराका १९ कर्मचारीको स्थायी नियुक्ति सदर