माओवादीको जम्बो केन्द्रीय कमिटीमा एमालेका नेताको नाम समेटियो
बिहीबार, २६ माघ २०७९, १२ : १७

काठमाडौँ । नेकपा माओवादी केन्द्रको जम्बो केन्द्रीय समितिमा नेकपा एमालेका नेता यमबहादुर परियारको नाम समेटिएको छ । गत भदौमा माओवादी केन्द्रबाट परियार एमाले प्रवेश गरेका थिए ।
माओवादी केन्द्रको पछिल्लो सर्कुलरमा २४६ जनाको सूचीमा परियारको नाम समेटिएको छ । परियार भन्दा अघि मुक्ति प्रधानको नाम समेटिएको छ भने उनी भन्दा पछि यशोदा न्यौपानेको नाम राखिएको छ ।
परियारले माओवादी पार्टी पहिल्यै परित्याग गरेको माओवादी चितवनका जिल्ला संयोजक आरसी अधिकारीले बताए । उनी एमाले केन्द्रीय कमिटीमा समेटिएको उनले बताए । परियार माओवादी हुँदा चितवनमा सक्रिय थिए ।
माओवादी कुल ३८६ जना केन्द्रीय सदस्य छन् भने वैकल्पिक केन्द्रीय सदस्य २०२ जना छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाली समाज भारतको नवौँ राष्ट्रिय सम्मेलन सम्पन्न
-
बसाइँ सरेको १८ वर्षपछि वेदबहादुर पुन: आफ्नै गाउँ फर्किए
-
बालुवाटारमा प्रधानमन्त्री र आन्दोलनरत शिक्षकबीच वार्ता
-
अभिनेत्री नीति शाहले गरिन् कानूनी विवाह
-
के आधारमा लिङ्देन उपसमितिले दियो पोखरा एयरपोर्टमा भ्रष्टाचार भएको प्रतिवेदन ?
-
कर्णाली रोजगार कार्यक्रमको कार्यविधि २०८१ स्वीकृत