नीर शाह र सुशान्त कुमारले दिए बोर्डको सल्लाहकारबाट राजीनामा

काठमाडौंँ । चलचित्र विकास बोर्डको सल्लाहकार समितिबाट अभिनेता नीर शाह र सुशान्तकुमार श्रेष्ठले राजीनामा दिएका छन् । शाहले बुधबार र श्रेष्ठले बिहिबार राजीनामा दिएका हुन् । शाह सल्लाहकार समितिका संयोजक समेत हुन् । बोर्डमा सल्लाहकार समितिको कुनै भुमिका नभएको र आफु अभिनयमा पनि ब्यस्त भएकोले समितिबाट बाहिरिएको शाहले बताए ।
‘म बोर्डको सल्लाहकार समितिको संयोजकमा पूर्व अध्यक्ष केशव स्वर्गीय भट्टराईको पालादेखि नै छु’ शाहले भने ‘अहिले भने बोर्डमा सल्लाहकार समिति काम बिहिन भयो ।’ बोर्डमा सल्लाहकार समितिको केही काम नभएका कारण आफुले मात्र नभएर अन्य साथीहरुले समेत धमाधम राजीनामा दिइरहेको शाहको भनाई छ । अभिनेता श्रेष्ठले भने आफ्नो ब्यस्तताको कारण देखाएर बोर्डको सल्लाहकार समितिबाट राजीनामा दिएको बताएका छन् । उनले आफूले राजीनामा दिएको सामाजिक सञ्जालबाटै सार्वजनिक गरेका छन् ।
केही दिन पहिले पनि बोर्डका सल्लाहकार रबिन्द्र खड्काले राजीनामा दिएका थिए । बोर्डले सल्लाहकार समितिको सल्लाह नमानेको र विवादित काम गर्दै गएको भन्दै खड्काले राजीनामा दिएका थिए । चलचित्र विकास बोर्डले विवादित निजी कम्पनीलाई दुबईमा फिल्म फेस्टिभल गर्नका लागि व्यवस्थापकीय जिम्मेवारी दिएपछि भुवन विवादमा तानिएका छन् । भुवनले सल्लाहकार समितिको सल्लाह बिना विवादित काम गर्दै गएको कारण सल्लाहकार समितिबाट एक एक गर्दै धमाधम राजीनामा दिन थालिएको छ ।
नीर शाह संयोजक रहेको सल्लाहकार समिति सदस्यमा शोभित बस्नेत, दीपाश्री निरौला, रबिन्द्र खड्का, आकाश अधिकारी, सुशान्तकुमार श्रेष्ठ र विधान कार्की सदस्य रहेका थिए । सम्भवतः बोर्डको इतिहासमा सल्लाहकार समितिका संयोजक र सदस्यले एकपछि अर्को गर्दै राजीनामा दिएको यो नै पहिलो पटक हो । सल्लाहकार समिति गठन भएको तीन महिनामा नै राजीनामाको ओइरो आउनुले बोर्ड अध्यक्ष भुवन केसीको कार्य शैलीप्रति अनेकौ प्रश्न उठेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
त्रिदेशीय पर्यटन, नेपाललाई अवसर
-
विषादीको उच्च मात्रा भेटिएपछि अनुगमन टोलीद्वारा बेच्न राखिएको काउली नष्ट
-
उपल्लो मुस्ताङको माथिल्लो भेगमा हिमपात
-
१२ बजे, १२ समाचार : हाकिमको विषयलाई लिएर बालेन-सुनिता टकरावदेखि दल विभाजनसम्बन्धी विधेयक ल्याउने सरकारको तयारीसम्म
-
सर्लाहीका दुई निजी अस्पतालमा अनुगमन, दुवै अवैध
-
महाशिवरात्रिमा पशुपति क्षेत्रमा जम्मा भएको फोहर सफाइ गरियो