हेल्मेटमा लुकाएको १८ लाखसहित दुईजना पक्राउ

काठमाडौं । पर्साको बीरगञ्जबाट सशस्त्र प्रहरी बलको टोलीले हेल्मेटभित्र लुकाएर भारतबाट नेपाल ल्याउँदै गरेको १८ लाख बरामद गरेको छ ।
सो रकम बोकेर आउने दुईजनालाई पक्राउ गरिएको सशस्त्र प्रहरी बलका सहायक प्रवक्ता शैलेन्द्र थापाले रातोपाटीलाई बताए ।
पक्राउ पर्नेमा भारत घर भएका २६ वर्षीय राकेश कुमार र २७ वर्षीय प्रसंजित कुमार छन् ।
सशस्त्र प्रहरी बल नम्बर–१३ गण पर्साबाट खटिएका सशस्त्र प्रहरी उपरीक्षक सुमन थपलिया नेतृत्वको टोलीले सो रकम बरामद गरेको हो । आरोपीहरुको साथबाट १८ लाख नेपाली सहित २ हजार भारतीय रुपैयाँ पनि बरामद गरिएको छ ।
वीरगन्ज महानगरपालिका १६ स्थित वीरगन्ज रक्सौल सडक खण्डबाट पक्राउ परेका राकेश कुमारको हेल्मेटभित्र ९ लाख र प्रसंजित कुमारको हेल्मेटभित्र ९ लाख नेपाली भेटिएको थियो । उनीहरूले नेपाली रुपैयाँको श्रोत खुलाउन सकेका छैनन् ।
आरोपीहरूलाई थप अनुसन्धान गर्न सशस्त्र प्रहरीले जिल्ला प्रहरी कार्यालय पर्सामा बुझाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राप्रपा केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै, यस्ता छन् छलफलका एजेन्डा
-
नेपालमा राजतन्त्र फर्किन सम्भव छैन : युवा नेता गुप्ता
-
तालिम नलिए पनि अध्यापन अनुमति पत्र स्थायी रूपान्तरण गर्न सकिने
-
अभियानको क्रममा रुपन्देहीमा प्रचण्ड, भैरहवामा मर्निङ वाक
-
कोशी प्रदेश लगानी सम्मेलन : संघीय सरकारलाई उछिन्ने गरी लगानी प्रतिबद्धता हुने दाबी
-
उल्टो बाटोमा जसपा नेपाल : महाधिवेशनपछि पालिका, जिल्ला र प्रदेशको अधिवेशन