राप्रपा निर्देशन समितिका अध्यक्ष लोहनीले गरे समिति विस्तार

काठमाडौं । राप्रपा निर्देशन समितिका अध्यक्ष डा.प्रकाशचन्द्र लोहनीले निर्देशन समिति विस्तार गरेका छन्।
निर्देशन समितिका अध्यक्ष लोहनीले समितिमा वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र, उपाध्यक्ष बुद्धिमान तामाङ, उपाध्यक्ष एवं सहरी विकास मन्त्री विक्रम पाण्डे, उपाध्यक्ष एवं कानुन मन्त्री ध्रुव बहादुर प्रधान, उपाध्यक्ष रोशन कार्की, उपाध्यक्ष हेमजंग गुरुङ, उपाध्यक्ष मुकुन्द श्याम गिरी त्यसैगरी महामन्त्री धवल शमशेर राणा, महामन्त्री एवं बागमती प्रदेश सभामुख भुवन पाठक, महामन्त्री कुन्ती कुमारी शाही, महामन्त्री राजेन्द्र गुरुङ, महामन्त्री प्रह्लाद साहा, महामन्त्री शरदराज पाठक, त्यसैगरी वरिष्ठ नेता दीपक बोहरा, जयन्त चन्द, निरञ्जन थापा, उद्धव पौडेल र राम कुमार सुब्बा रहेका छन् ।
यस्तै आमन्त्रित सदस्यमा कोषाध्यक्ष नीलकण्ठ काफ्ले र ऋषिबाबु परियारलाई मनोनयन गरेका छन् ।
राप्रपाको विधानको धारा ४१ अनुसार उनले समिति विस्तार गरेका हुन् । समितिमा विधानत पार्टीका अध्यक्ष तथा पूर्व अध्यक्ष र पार्टीबाट चुनीयका प्रधानमन्त्री पदेन सदस्य रहने व्यवस्था रहेको छ।
जसअनुसार पूर्व प्रधानमन्त्री लोकेन्द्रबहादुर चन्द, पूर्व अध्यक्ष पशुपतिशमशेर राणा र अध्यक्ष राजेन्द्र लिङदेन पदेन सदस्य रहने छन् ।
पार्टीको निर्देशन समितिले नीति निर्माण गर्ने, सरकारमा सहभागिता वा राजनीतिक नियुक्तिको लागि सिफारिससहित निर्णय गर्ने उल्लेख छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
८ मिनेटभित्र २ गोल गरेपछि हारबाट जोगियो युनाइटेड
-
ताप्लेजुङमा फेरि प्रहरी र आन्दोलनकारीबिच झडप, दुई जना घाइते
-
अतीतमा गाँसिदै बनेका आठ महिला कलाकारका कला
-
साविक विजेता मच्छिन्द्र बागमती गोल्डकपको फाइनलमा
-
नयाँ शक्तिद्वारा ३ महिने सांगठनिक अभियान प्रस्ताव
-
माधव नेपाललाई झलनाथको प्रश्न : समाजवादका नाउँमा जनतालाई किन ठग्ने ?