परराष्ट्रमन्त्रीको टर्कीका विदेश मन्त्रीसँग टेलिफोन वार्ता
काठमाडौं । परराष्ट्रमन्त्री डा. विमला राई पौड्यालले टर्कीका विदेश मन्त्री मेबलुट चाबोश्वग्लुसँग टेलिफोन सम्पर्क गरेकी छिन् ।
टेलिफोन कुरा गर्दै त्यहाँ गएको शक्तिशाली भूकम्पमा परी ज्यान गुमाउनेहरूप्रति समवेदना प्रकट गरेकी हुन् ।
बुधबार दिउँसो भएको टेलिफोन वार्तामा मन्त्री पौड्यालले नेपालको तर्फबाट सकेको सहयोग गर्ने प्रतिबद्धता जनाइन् ।
टेलिफोन वार्तामा परराष्ट्रमन्त्री पौड्यालले टर्कीमा रहेका नेपालीहरुलाई सुरक्षित क्षेत्रमा सारिदिन आग्रह समेत गरिन् ।
नेपालले २०७२ सालमा भूकम्पको विपद् व्यहोरिसकेकाले यस प्रकारको प्राकृतिक विपत्तिमा नेपाल सरकारको सदैव साथ रहने प्रतिबद्धता पनि परराष्ट्र मन्त्री पौड्यालले व्यक्त गरिन् ।
टर्कीका विदेशमन्त्री मेबलुट चाबोश्वग्लुले अन्तर्राष्ट्रिय संघसंस्थाको सहयोगमा भूकम्पमा परेका नागरिकको उद्धार कार्य जारी रहेको जानकारी दिँदै उनले सहयोगका लागि नेपाल सरकारलाई समेत धन्यवाद व्यक्त गरे ।
सोमबार बिहान टर्कीमा गएको ७.८ म्याग्निच्युटको भूकम्प गएको थियो भने त्यसपछि पनि बारम्बार परकम्प गइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारप्रति सांसदको कटाक्ष– गुप्तवासमा बसेको सरकारको दर्शन गर्न पाइयो !
-
मापदण्ड नपुगेका व्यक्तिका घडेरी र प्लटिङमा प्राधिकरणको आँखा, व्यवस्थित सहरीकरणको पहल
-
स्वास्थ्य बीमा सुधारको कार्य योजना ल्याउन मन्त्रीलाई प्रधानमन्त्रीको निर्देशन
-
लुम्बिनी प्रदेश सभा बैठक सुरु
-
१७ वर्षपछि घरेलु क्रिकेटमा फर्कन बाध्य भारतीय टोलीका कप्तान
-
भ्रष्टाचारी शासन अन्त्य र देशभक्त पहिचानसहित पूर्ण समानुपातिक प्रणाली स्थापना