धर्मेन्द्र र हेमन्तलाई लक्षित गर्दै विप्लवले भने– झरेर जाने पातको कुरा नगरौं
![धर्मेन्द्र र हेमन्तलाई लक्षित गर्दै विप्लवले भने– झरेर जाने पातको कुरा नगरौं](https://npcdn.ratopati.com/media/news/biplab_QrLypmHEZl.jpg)
काठमाडौँ । नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले विभाजित भएर गएको नेकपा बहुमतका नेता धर्मेन्द्र बास्तोला र हेमन्तप्रकाश ओली ‘सुदर्शन’ प्रति कटाक्ष गरेका छन् । काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा धर्मेन्द्र र हेमन्तलाई लक्षित गर्दै उनले झरेर जाने पातको कुरा नगरौैं भन्दै कटाक्ष गरेका हुन् । ‘झरेर जाने पातको कुरा नगरौं । पार्टीमा अहिले धेरै पालुवा पलाइसकेका छन् अब नयाँ पालुवा हुर्कार जानुपर्छ’ विप्लवले भने, ‘हामीसँग भएको टिम बलियो र व्यवस्थित टिम हो । यो छाँटिएर आएको छ ।’
यस्तै पत्रकार सम्मेलनमा महासचिव विप्लवले युवाहरुले बन्दुक र कलम दुबै बोक्नुपर्ने जिकिर गरे । बन्दुक र कलमको संयोजनले मात्रै देशमा वैज्ञानिक समाजवाद ल्याउन सकिने जिकिर गरे । ‘मैले बारम्बार भन्दै आएको छु । बन्दुक दिमागमा छ भने आफै आउँछ । बन्दुक ठुलो कुरा होइन’ विप्लवले भने, ‘विचार र दृष्टिकोणसहित अघि बढ्दा बन्दुक चाहिए आफै आउँछ ।’ तर, अहिलेको अवस्थामा युवाहरु बन्दुक र कलम दुबैलाई लिएर अघि बढ्नुपर्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
क्याप्टेन उप्रेतीको ‘पायलट प्रेम’ सार्वजनिक
-
पूर्णकालीन सदस्यता वितरण गर्न जिल्ला कार्य समितिलाई गुरुङको परिपत्र
-
प्रवासमा मनाइयो माओवादी जनयुद्ध दिवस
-
लात्ती र मुक्काले निर्घात कुटपिट गरी सुधार केन्द्रभित्रै मण्डलको हत्या
-
संविधान संशोधन गर्न कार्यदल, अध्यादेशको टुंगो शनिबार लाग्ने
-
अध्यादेश स्वीकृत हुनेमा उच्चस्तरीय राजनीतिक संयन्त्र ढुक्क