एमसीसी नेपाली जनताले अनुमोदन गरेका छैनन् : विप्लव
बुधबार, २५ माघ २०७९, १५ : ०४

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द विप्लवले नेपाली जनताले एमसीसी अनुमोदन नगरेको दाबी गरेका छन् । उनले एमसीसीविरुद्ध आन्दोलन गर्ने भन्दै संसदबाट अमेरिकी भक्तहरूले पास गरेपनि कार्यान्वयन नहुने बताए ।
‘लप्सेफेदीमा सिधै एमसीसी नआएर नेपाली मुखुण्डो लगाएर आउन खोजेको भन्ने सुनेका छौ । त्यो मुखुण्डो हामी उतार्छौ’। महासचिव विप्लवले भने, ‘वानेश्वरमा लडाई हुँदाहुँदै अमेरिकी भक्तहरूले पास गरेको हो एमसीसी । त्यसैले एमसीसी लागु हुँदैन । अथवा जनता एमसीसीविरुद्ध लड्दैछन् । त्यसमा तपाईँहरूको पनि हामीलाई साथ चाहिन्छ ।’
उनले महाकालीमा भारतीय पक्षले गरेको ज्याजतिमा पनि सरकार नबोलेको बताए । ‘त्यहाँ कोही बोलेन । भारतले पारीबाट बाँध खडा गरेर मूल सोझ्याउँदा झिनो स्वरमा मात्रै बोले । तर हाम्रो पार्टीले आन्दोलन गर्यो’, विप्लवको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डढेलोले सखाप हुँदै जङ्गल
-
काठमाडौँमा शिक्षकको आन्दोलन, गोरखाका जनप्रतिनिधि सङ्घ सरकारसँग रिसाए
-
तीनकुनेको प्रदर्शनमा आगजनी र तोडफोड गरेको आरोपमा थप ६ जना पक्राउ
-
मौसम खराब भएपछि छेन्दुबाट पोखरामा हुने उडान रद्द
-
जिमेलमा अश्लील तस्बिर राख्दा खुल्यो पोल, यसरी पक्राउ परे छोरीमाथि यौन दुर्व्यवहार गर्ने बाबु
-
नेपालको सर्वोच्च अदालत र भारतको सर्वोच्च अदालतबिच समझदारीपत्रमा हस्ताक्षर